Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

यस्तो पो रहेछ देशभर बद्ली हुनुको कारण

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस ५, काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज देशभर बद्ली भएको छ ।

उक्त वायुको प्रभावले खासगरी पश्चिमी भेगमा बढी असर परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही दिनदेखि विकसित यो प्रणाली आज बढी सक्रिय भएका कारण सुदूरपश्चिमदेखि काठमाडौँ उपत्यका पूर्वसम्मको क्षेत्रमा बद्ली रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार दिउँसो सुदूरपश्चिम भेगमा छिटफुट वर्षा हुने संभावना छ भने तराई क्षेत्रमा पनि कुइरो लाग्ने अनुमान गरिएको छ ।

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बढेको भएपनि बद्लीका कारण घाम राम्ररी नलाग्दा केही चिसो महशुस गरिएको छ । बद्लीको अवस्था आज रातिसम्म जारी रहने र बिहिबारदेखि क्रमिक सुधार हुने मौसमविद श्रेष्ठको भनाइ छ ।

आज काठमाडौँ उपत्यकाको न्यूनतम ५.६ र अधिकतम तापक्रम १९.५ डिग्रिसेल्सियस रहेको छ । सबैभन्दा कम जुम्लाको १.४ र विराटनगरको अधिकतम तापक्रम २५ डिग्रिसेल्सियस रहेको छ । रासस