Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

चक्रपथमा ट्रिपर र मोटरसाइकल ठोक्किदा एकको मृत्यु, एकजना घाइते

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पुस ८, काठमाडौँ । काठमाडौँ महानगरपालिका ३, चक्रपथको सुकेधारामा आज बिहान सवादश बजे ट्रिपर र मोटरसाइकल ठोक्किदा घटनास्थलमै १ जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

एकै दिशाबाट नारायणगोपाल चोक तर्फ जाँदैगरेको बा ४ ख ६२७० नम्बरको ट्रिपर र बा ३४ प ४२८१ नम्बरको रातो पल्सर ठक्कर खाएका थिए ।

मृत्यु हुनेमा गोर्खा जिल्ला फुजेल ७ घर भई बालाजु बस्दै आएका २२ बर्षिय सन्तोष श्रेष्ठ रहेको महानगरीय प्रहरी वृत्त महाराजगंजका प्रमुख प्रहरी नायव उपरीक्षक योगेन्द्र सिंह थापाले जानकारी दिएका छन् ।

घाईते निरज राउत को टिचिंग हस्पिटलमा उपचार भईरहेको छ ।ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कसरी भयो घटना ?

नारायणगोपाल चोक तर्फ ट्रिपर अत्यधिक गतिमा जाँदै थियो । साथै सोहि दिशा तर्फ मोटरसाइकल पनि अत्यधिक गतीमा थियो । दुबै सवारी अत्यधिक गती भएपछि मोटरसाइकल ट्रिपरको बाँयापट्टी ठोक्किन पुग्यो ।

मोटरसाइकल चालकको टाउको ट्रिपरको बाँया पट्टीको भागमा नराम्रो सँग ठोक्कियो र हेल्मेट पनि फुटेर टाउँको समेत फुट्न पुग्यो । पछाडि सवारलाई पनि गम्भिर चोट लाग्न पुग्यो ।

घटना लगत्तै ट्रिपर चालक भाग्न खोजेका थिए । सोहि बेला स्थानिय र प्रहरीको सहायतामा ट्रिपर चालक पक्राउ परे भने घाइतेलाई तुरुन्तै टिचिङ अस्पताल पु¥याइयो । चालकको भने घटनास्थलमै ज्यान गयो ।

तस्बिरः गोपिकृष्ण चापागाईं ।