१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुर्घटना बीमालाई जीवन बीमामा परिणत गर्न पत्रकार महासंघ काठमाडौंको माग

१५ माघ २०७४, सोमबार ०३:३८

माघ १५, काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले सरकारले हाल पत्रकारहरुका लागि लागू गरेको दुर्घटना बीमालाई जीवन बीमामा परिणत गर्न माग गरेको छ । 

निरन्तर ३० वर्ष पत्रकारिता गरेका अग्रज पत्रकार वा ६० वर्ष उमेर पुगेका वरिष्ठ पत्रकारलाई जीवन निर्वाह भत्ता उपलब्ध गराउनसमेत महासंघ काठमाडौं शाखाले माग गरेको हो । 

दुर्घटना बीमाले मात्र पत्रकारको सुरक्षाको सुनिश्चित नहुने भन्दै जीवन बीमा गर्नुपर्ने शाखा अध्यक्ष सन्तराम विडारीले बताए । 

शाखाको नुवाकोटको ककनीमा शुक्रबार र शनिबार बसेका विस्तारित बैठकपछि जारी घोषणापत्रमा श्रमजीवी पत्रकारलाई प्रतिमहिना न्यूनतम रु ३० हजार मासिक तलब व्यवस्था गर्नुपर्ने, सक्रिय पत्रकारिता गर्ने पत्रकारका लागि हरेक सरकारी तथा निजी अस्पतालमा उपचार गर्दा निःशुल्क श्ययाको व्यवस्था गर्नुपर्नेलगायतका समेत माग राखिएको छ । 

यसैगरी सर्वोच्च अदालतले समानुपातिक विज्ञापन प्रणाली कार्यान्वयनमा ल्याउन आदेश दिएर पनि अहिलेसम्म कार्यान्वयनमा नआएकाले तत्काल कार्यान्वयनमा ल्याउन समेत माग गरेको छ । 

यस्तै प्रेस काउन्सिलद्वारा गरिँदै आएको पत्रपत्रिकाहरुको वर्गीकरण वैज्ञानिक, पारदर्शी र न्यायोचित ढंगले गर्नुपर्ने, नियमित प्रकाशनमा आएको पत्रपत्रिकालाई एक वर्षमा प्रेस काउन्सिलको वर्गीकरणमा समावेश गर्नुपर्ने, साना लगानीका मिडियाको संरक्षण, प्रवद्र्धन तथा निरन्तरताका लागि विशेष योजना ल्याउनुपर्ने, समानुपातिक विज्ञापन प्रणाली लागू नभइन्जेलसम्मका लोक कल्याणकारी विज्ञापनलाई दोब्बर बनाउनुपर्ने तथा अनलाइन मिडियालाई व्यवस्थित गराई लोककल्याणकारी विज्ञापन वा आवश्यक सहुलियत प्रदान गर्नुपर्ने समेत माग गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार