पढ्न करिब 1 मिनेट लाग्छ

माघ २१, काठमाडौँ | मुलुकमा जारी निर्माण क्षेत्रको विकास पुनःनिर्माण र आधुनिकीकरणमा टेवा पुर्याउने उद्देश्यले काष्ठकलाका सामानको अधिक उपयोग बढाउन यही माग २६ देखि २८ गतेसम्म भृकुटीमण्डपमा चौथो अन्तर्राष्ट्रिय नेपाल ‘बिल्डकन नेपाल उड’ प्रदर्शनी हुने भएको छ ।

देश विदेशका २२० वटा निर्माण तथा पुनःनिर्माण कम्पनी फर्निचर व्यवसायी, काष्ठ शिल्पकारलगायतको सहभागिता हुने मेलामा आर्किटेक्ट इन्जिनियर, कन्ट्र्याक्टर डिजाइनरले विश्वमा भइरहेका परिवर्तनबारे जानकारी दिने र विदेशी प्रविधि भित्र्याएर नेपालका काष्ठजन्य उत्पादन अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गरिने भएको छ ।

वाणिज्य मन्त्रालयसँगको सहकार्यमा मिडिया स्पेस सोलुसन्स र फर्टेक्स ट्रेडफेयर एण्ड इभेन्टस्ले संयुक्त रुपमा सो मेला आयोजना गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जनाइयो ।

रासस