पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>फागुन ४, काठमाडौं । </b>सुनको भाउ बढेर शुक्रबार डेढ बर्षकै भाउमा कारोबार भैरहेको छ । <br></p><p>बिहीबार ५७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार तोलामा एक सय रुपैयाँले बढेर ५८ हजार रुपैयाँमा कारोबार भैरहेको हो । </p><p>यसअघि २०७३ साल असार १६ गते तोलाको ५८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसयता भने घट्दै गएको थियो । तर गएको महिनादेखि बढ्न थालेको सुन शुक्रबार भने डेढ वर्ष अघि कै भाउमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । </p>

