Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

शेयर बजारमा ९ दशमलव ४० अंकको गिरावट,

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चैत्र ४,काठमाडौं। </b>शेयर बजारमा&nbsp; आइतबार पनि गिरावट आएको छ। साताको पहिलो दिन शेयर बजारमा ९ दशमलव ४० अंकको गिरावट आएको छ। कारोबार रकम पनि ३० करोड ४ लाख रुपैयामा खुम्चिएको छ।<br></p><p>कारोबार सुरु भएको २९ मिनेटसम्ममा ४.४२ अंकले उकालो लागेको भए पनि त्यस पछि बजार लगातार ओरालो लाग्दा ९ दशमलव ४० अंकले घटेको हो। आइतबार सबै सूचक तथा उपसूचक ओरालो लागेको छ जसमा सबै भन्दा धेरै होटलको उपसूचक ७०.७६ अंकले घटेको छ। त्यस्तै सबै भन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्सले चैत्र २८ गतेको साधारणसभाको लागि चैत्र १४ गते देखि बुक क्लोज हुने जानकारी दिएको छ भने साधारणसभाले ७० प्रतिशत लाभांस पारित गर्दैछ।</p><p>छ्याङ्दी हाइड्रोपावर कम्पनीका शेयर धनीले ४ प्रतिशतले कमाएका छन् भने अपि हाइड्रोपावर कम्पनीका शेयरधनीले १० प्रतिशतले गुमाएका छन्।आइतबार १५२ वटा कम्पनीको करोबार हुँदा जम्मा ३० वटा कम्पनीका शेयरधनीले कमाएका छन् भने अन्यले गुमाएका छन्।</p>