Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

गाई हत्याको बिषयमा पत्रकार रवि लामिछानेलाई तनाब !

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चैत १२, काठमाडौँ | सामाजिक संजालमा गाई हत्याको बिषयमा भ्रामक समाचार भाइरल भएपछि पत्रकार रवि लामिछानेलाई तनाब बढाएको छ ।

रवि लामिछाने नाम गरेको फेक एकाउन्टबाट गाई हत्याको बिषयमा स्टाटस आएपछि त्यसलाई कयौं अनलाइन समाचारले प्राथमिकता दिँदै भाइरल बनाएका थिए । उक्त स्टाटसमा रवि लामिछानेले गाई हत्या गर्न पाउनुपर्छ भन्ने कुरा उल्लेख छ । जुन स्टाटसलाई पत्रकार लामिछानेले भ्रामक भन्दै २४ घण्टा भित्र फेक एकाउन्टबाट अपडेट भएका स्टाटस नहटाए कानुनी सहायता लिने बताएका छन् ।

तश्विरमा: रवि लामिछानेको नामबाट फेक एकाउन्ट बनाई लेखिएको स्टाटस

उनले आफ्नो आधिकारिक फेसबुक एकाउन्टमा स्टाटस मार्फत लेखेका छन् – 'बेकारका बहसमा र विवादमा मलाई नमुछिदिनुहोला । म र मेरो टिम ज्यादै संबेदनशील कार्यक्रममा बनाउछौ । धेरै धम्की, दवाबका बिच जोखिमका पहाड चिरेर अहोरात्र काम गरिरहेका छौ । मजाक नगरिदिनुहोला । गाईको हत्या सम्बन्धि बिषयमा कुनैपनि कुरा मैले भनेको छैन, लेखेको छैन । मेरो यो भनाइ धेरै भन्दा धेरै share गरेर, ती फेक आइडी बनाएर भ्रम छर्नेहरु र त्यसैलाई आधार मानी समाचार बनाउनेलाई ठेगान लगाउन मद्द्त गरिदिनुहुन्छ कि ?'

यस अघि लामिछानेले लाइभ दिंदै गाई काटेको बिषयमा आफुले कुनै अभिव्यक्ति वा स्टाटस नलेखेको स्पष्ट पारेका थिए । उनले भनेका छन् – 'नेपालीको एकतामा फुट ल्याउन कहिले जातका कुरा त कहिले धर्मका कुरा गर्ने र एकअर्कालाई होच्याउने किसिमका स्टाटस लेखेर एक-अर्काप्रति रिस-आवेग भर्ने क्रियाकालाप भएका मानिसहरुप्रति मेरो कहिले पनि साथ र समर्थन छैन ।' रविले देशमा भएको भाईचारालाई दखल गर्ने किसिमका कुनै पनि कुरालाई आफुले समर्थन नगर्ने बताएका छन् ।