२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोंगबुको पाल्पाली खाजा घरमै ‘कोठी’ !

१४ चैत्र २०७४, बुधबार ०८:२५

चैत १४, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका-६, गोंगबु स्थित न्यू पाल्पाली रानीमहल खाजा घरमा मानिसहरु खाजा खाने बहानामा यौनधन्दा गर्न पुग्ने गरेको खुलाशा भएको छ ।

केहि दिन अघि प्रहरीले यसै क्षेत्रबाट केहिलाई नियन्त्रणमा लिएको थियो । उक्त खाजा घर सञ्चालक हेमन्त गैरे र सानु राईसहित दुई जना महिलालाई प्रहरीले नियन्त्रण लिएर अनुसन्धान गर्दै जाने क्रममा खाजा घरको नाममा ‘कोठी’ सञ्चालन हुने गरेको खुलेको हो ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले दिएको जानकारी अनुसार होटलमा वेटर तथा सरसफाई गर्ने भनेर महिलाहरुलाई जागिर दिने अनि क्रमश: यौन क्रियाकलापमा सहभागी गराउने गरेको खुलेको छ । उक्त खाजाघरमा जागिर खाएका महिलाहरुले आफ्नो इच्छा बिपरित अपरिचित व्यक्तिहरुसँग बलात्कृत हुने गरेको बताएका छन् । संचालकको दवावमा महिलाहरु पटक-पटक अपरिचितहरुबाट जबरजस्ती यौनकृयामा संलग्न हुनुपरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

खाजाघरले ग्राहकहरुसँग बस्न र जान नमानेमा कुटपिट गरेर होटलमै बन्धक बनाएर राख्ने गरेको खुलाशा भएको छ । प्रहरी परिसरको बिज्ञप्तिमा उल्लेख भए अनुसार उक्त खाजा घरले एक दिनमा ५/६ जनासँग यौन धन्दा गर्न लगाएर युवतीहरुलाई रकम समेत नदिने गरेको खुलेको छ । 

पक्राउ परेकाहरुलाई मानव बेचविखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरी परिसरले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै