Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्रदेश ३ को राजधानी भक्तपुरमा बनाउन प्रस्ताव दर्ता

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २६, भक्तपुर । प्रदेश ३ को स्थायी राजधानी भक्तपुरलाई बनाउनुपर्ने माग गर्दै प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरिएको छ ।

एमालेबाट निर्वाचित प्रदेशसभा सदस्यद्वय शशिजंग थापा र हरिशरण लामिछानेले भक्तपुरलाई प्रदेश राजधानी बनाउने १० आधारसहित प्रस्ताव दर्ता गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

भक्तपुरलाई स्थायी राजधानी बनाउँदा प्रदेश ३ का सबै जिल्लालाई पायक पर्ने र सहज हुने भएकाले प्रस्ताव दर्ता गरिएको थापाले बताए ।

प्रस्तावमा सानोथिमी भक्तपुरका शिक्षा मन्त्रालय मातहतका शिक्षा विभाग, शैक्षिक जनशक्ति विकास केन्द्रका भवन, परीक्षा नियन्त्रण कार्यालय, अनौपचारिक शिक्षा केन्द्रलगायतका सुविधा सम्पन्न भवन, सानोथिमीको कृषि विकास तालीम केन्द्रको भवन तथा २०० रोपनी भन्दाबढी जग्गा खाली रहेकाले यहाँ राजधानीका लागि उपयुक्त हुने उल्लेख छ ।

वैशाखदेखि रिक्त हुने कार्यालयमा मन्त्रालय, मन्त्री आवास, मुख्यमन्त्रीको कार्यालय, सभामुख, उपसभामुखको कार्यालय, निवास, प्रदेशसभा भवनका लागि उपयुक्त हुने संरचना रहेको प्रस्तावमा उल्लेख छ ।

सुरक्षाको पूर्ण प्रत्याभूति रहेको, आवश्यक अन्य पर्याप्त जग्गा रहेको, भौतिक संरचनाका लागि सरकारले तत्काल खर्च गर्नुपर्ने आवश्यकता नरहने र प्रदेश ३ को राजधानी भक्तपुर उपयुक्त भएको प्रतिवेदनसमेत सरकारी टोलीले बुझाएको तर्कसहितको प्रस्ताव गरिएको छ ।

यसअघि काभ्रे र नुवाकोटका प्रदेशसभा सदस्यले पनि आफ्नो जिल्लालाई प्रदेश ३ को स्थायी राजधानी बनाउन प्रस्ताव दर्ता गराएका छन् ।