३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँको नयाँ बसपार्कलाई अपराधमुक्त क्षेत्र बनाइने

५ बैशाख २०७५, बुधबार ०३:०६

बैशाख ५, काठमाडौँ (रासस) | गोँगबु नयाँ बसपार्कलाई अपराधमुक्त क्षेत्र बनाइने भएको छ । महानगरीय प्रहरी प्रभाग, नयाँ बसपार्कले नयाँ बर्षको शुरुवातसँगै अपराध नियन्त्रण र शान्ति सुव्यवस्थाका लागि तीन महिने कार्ययोजना सार्वजनिक गरेको छ । 

सो अनुसार मानव बेचबिखन तथा ओसारपसार, यौन दुव्र्यसन, लागूऔषध अपराध नियन्त्रण र गुण्डागर्दी नियन्त्रण प्रमुख विषय रहेका छन् । प्रभागले मानव बेचबिखन रोक्न होटल समितिका पदाधिकारी, रात्रिकालिन व्यवसायी, रेष्टुराँ, डान्स बारलाई पर्चा र माइकबाट सूचित गर्ने, प्रत्येक चोकमा कार्यक्रम गर्ने तथा महिलासँग सम्बन्धित विभिन्न संघ संस्थाको समन्वयमा र्याली गर्ने भएको छ । 

यस्तै, बसपार्क क्षेत्रलाई सात स्थानमा विभाजन गरी प्रभागले संयुक्त अपरेशन सञ्चालन गर्ने, गोँगबु बसपार्कबाट छुट्ने लामो तथा छोटो दूरीका सवारीसाधन जाँच गर्ने, यौनजन्य आशयले निरन्तर सडकमा हिँड्ने महिला तथा केटीका समूहको व्यवस्थापनका लागि मानवसेवा आश्रमसँग समन्वय गर्ने भएको छ ।

रात्रिकालिन व्यवसायमा काम गर्ने झण्डै ५०० महिलालाई प्रशिक्षण गर्ने तथा उमेर कम भएका, बाध्यतामा काम गरेका, अन्य समस्या भएका महिलाका पीडकको पहिचान गरी सञ्चालक तथा दलाललाई मानव बेचबिखनसम्बन्धी मुद्दा चलाइने प्रभागका प्रमुख तथा प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो । 

प्रभागले मानव बेचबिखन तथा ओसारपसार, यौन दुव्र्यसन, लागूऔषध अपराध नियन्त्रण र गुण्डागर्दी नियन्त्रणका लागि १० सदस्यीय समूहसमेत गठन गरिसकेको प्रमुख पौडेलले बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली