२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँको नयाँ बसपार्कलाई अपराधमुक्त क्षेत्र बनाइने

२०७५, ५ बैशाख बुधबार ०३:०६

बैशाख ५, काठमाडौँ (रासस) | गोँगबु नयाँ बसपार्कलाई अपराधमुक्त क्षेत्र बनाइने भएको छ । महानगरीय प्रहरी प्रभाग, नयाँ बसपार्कले नयाँ बर्षको शुरुवातसँगै अपराध नियन्त्रण र शान्ति सुव्यवस्थाका लागि तीन महिने कार्ययोजना सार्वजनिक गरेको छ । 

सो अनुसार मानव बेचबिखन तथा ओसारपसार, यौन दुव्र्यसन, लागूऔषध अपराध नियन्त्रण र गुण्डागर्दी नियन्त्रण प्रमुख विषय रहेका छन् । प्रभागले मानव बेचबिखन रोक्न होटल समितिका पदाधिकारी, रात्रिकालिन व्यवसायी, रेष्टुराँ, डान्स बारलाई पर्चा र माइकबाट सूचित गर्ने, प्रत्येक चोकमा कार्यक्रम गर्ने तथा महिलासँग सम्बन्धित विभिन्न संघ संस्थाको समन्वयमा र्याली गर्ने भएको छ । 

यस्तै, बसपार्क क्षेत्रलाई सात स्थानमा विभाजन गरी प्रभागले संयुक्त अपरेशन सञ्चालन गर्ने, गोँगबु बसपार्कबाट छुट्ने लामो तथा छोटो दूरीका सवारीसाधन जाँच गर्ने, यौनजन्य आशयले निरन्तर सडकमा हिँड्ने महिला तथा केटीका समूहको व्यवस्थापनका लागि मानवसेवा आश्रमसँग समन्वय गर्ने भएको छ ।

रात्रिकालिन व्यवसायमा काम गर्ने झण्डै ५०० महिलालाई प्रशिक्षण गर्ने तथा उमेर कम भएका, बाध्यतामा काम गरेका, अन्य समस्या भएका महिलाका पीडकको पहिचान गरी सञ्चालक तथा दलाललाई मानव बेचबिखनसम्बन्धी मुद्दा चलाइने प्रभागका प्रमुख तथा प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो । 

प्रभागले मानव बेचबिखन तथा ओसारपसार, यौन दुव्र्यसन, लागूऔषध अपराध नियन्त्रण र गुण्डागर्दी नियन्त्रणका लागि १० सदस्यीय समूहसमेत गठन गरिसकेको प्रमुख पौडेलले बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन