२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तर्राष्ट्रियस्तरको मापदण्ड बनाइनेः मन्त्री विष्ट

२०७५, १५ बैशाख शनिबार ०९:४१

वैशाख १५, काठमाडौँ | श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रमिकको सुरक्षा र स्वास्थ्यको सम्बन्धमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार काम गरिने बताउनुभएको छ । 

श्रम विभागको ‘१८ औं राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह २०७५’ को आज काठमाडौंमा उद्घाटन गर्दै मन्त्री विष्टले सो कुरा बताउनुभएको हो । 

“व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको सन्दर्भमा गरेको व्यवस्थालाई कडाइका साथ पालना गराउन सरकारी निकायले सक्रिय भूमिका खेल्नेछ ।” उहाँले भन्नुभयो । 

मन्त्री विष्टले श्रमिकको हकअधिकार थप सुनिश्चित गर्नका लागि अपुग प्रावधान सच्याएर अघि बढ्नेसमेत प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपालमा सुधार गर्नका लागि सम्बन्धित औद्योगिक तथा व्यवसायिक प्रतिष्ठान, सरकारी कार्यालय, विभिन्न संस्थान, श्रमिक र श्रमिकसँग सरोकार राख्ने संघ संस्था सबैको सामूहिक सहयोग हुन जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो । 

श्रम विभागले आयोजना गरेको प्रभातफेरि कार्यक्रममा श्रम युनियनका प्रतिनिधि, टेक्निकल कलेजका विद्यार्थी, रोजगारदाता व्यक्तिको सहभागिता रहेको थियो । 

प्रभातफेरि वसन्तपुरबाट शुरु भएर टुँडिखेलमा आएर समापन भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर