Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मलेसियामा महाथिर मोहमदको सानदार जित

By kit 6 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

वैशाख २७ क्वालालम्पुर | मलेसियाको संसदीय निर्वाचनमा यहाँका पूर्व प्रधानमन्त्री महाथिर मोहमदको विपक्षी गठबन्धनले सानदार जित हात पारेको समाचार छ ।

उहाँको चुनावी गठबन्धनले सन् १९५७ देखि निरन्तर रुपमा मलेसियामा सत्तामा रहेको एक राजनीतिक दललाई हराउँदै सानदार विजयी भएको हो । यो जितसँगै मलेसियाका एकजना वरिष्ठ राजनीतिज्ञको राजनीतिक पुनरागमन भएको छ ।

महाथिर हाल ९२ वर्षका हुनुहुन्छ । ९२ वर्षका एकजना डाक्टर महाथिर पुनः सत्तामा आउने तयारी गरेको समाचार मलेसिया र एसियाका अधिकांश मिडियाले बिहीबार सम्प्रेषण गरेका छन् ।

बिगतमा आफैले नेतृत्व गरेको दल बारिसन नेसनल पार्टी र विगतका आफ्नै कार्यकर्ता रहेका मलेसियाका नेता तथा वर्तमान प्रधानमन्त्री नजिब रजाकलाई चुनौती दिएर उहाँले नजिबको सत्ता ढालिदिनुभएको हो ।

प्रधानमन्त्री नजिबको पछिल्लो कार्यकाल भ्रष्टाचारका कारण विवादमा परेको थियो । सो विवादका कारण महाथिरले यसअघि सन्यास लिइसकेको राजनीतिमा पुनः फर्किनुभएको थियो ।

राजनीतिबाट अवकाश लिने निर्णय फिर्ता लिएर निर्वाचनमा होमिएका महाथिरले सरकार निर्माणका लागि आवश्यक बहुमत हासिल गर्नुभएको छ ।

महाथिरले मलेसियालाई सन् १९८१ देखि २००३ सम्म शासन गर्नुभएको थियो । त्यस समय उहाँ विकासका एकजना बिम्बका रुपमा मलेसिया र बाहिर पनि चिनिनुभएको थियो ।

रजाकको शासनकालमा मलेसियाली नागरिकले भ्रष्टाचारका साथै विभिन्न जातीय तनावहरू पनि सहनु परेको थियो । सोही कारण मलेसियामा सो राजनीतिक व्यवस्थापनका लागि राष्ट्रले आफ्नो खाँचो महसुश गरेको भन्दै महाथिर पुनः राजनीतिमा आउनुभएको थियो ।

सरकार गठन गर्न यहँको सदनमा ११२ सिट आवश्यक पर्दछ । तर महाथिरको नेतृत्वको विपक्षी दलीय गठबन्धनले ११५ स्थान जितेको छ । त्यसैले उक्त गठबन्धनले सुविधाजनक रुपमा सरकार बनाउने सुविधा पाएको छ ।

यहाँका विश्लेषकहरूले बिहीबारको चुनावी परिणामलाई आश्चर्यजनक भनेका छन् । महाथिरको यस गठबन्धनको जितले मलेसिया स्वतन्त्र भएपछि नै सरकारको नेतृत्व गरिरहेको वारिसन पार्टीको शासनकालको अनायासै अन्त्य गरिदिएको छ ।

पछिल्लो चुनावी परिणामलाई यहाँका राजनीतिक विश्लेषकहरुले नाटकीय भनी संज्ञा दिएको भए पनि ९२ वर्षे नेताको सत्तामा फर्कने इच्छाका कारण यहाँको राजनीतिक परिदृश्यमा आशालाग्दो अवस्था भने देखिएको छ ।

यसअघि रजाकको सरकार निकै विवादमा परेपछि संसद् विघटन गरिएको थियो । संसदको विघटन गरी ६० दिनभित्र आम निर्वाचनका लागि सोही सरकारले आह्वान गरेको थियो ।

महाथिरले बिहीबारै साँझसम्ममा सपथ लिनुहुने भएको छ । अबको सरकारको नेतृत्व गर्न लागेका महाथिर अब विश्वका नै एक वृद्ध कार्यकारी प्रमुखका रुपमा रहनुहुने पनि प्राप्त समाचारहरुमा जनाइएको छ ।

गएराति निर्वाचन परिणाम घोषणा भएसँगै उहाँको गठबन्धन समर्थक नागरिकले ठूलो संख्यामा विजय जलुश निकालेका थिए । उनीहरुले महाथिरको पुनरागमनको लागि आग्रह पनि गरिरहेका थिए ।

निर्वाचन परिणाम घोषणा भएपछि पनि महाथिर पुनः सत्तामा फर्किने वा नफर्किने भन्ने बारेमा विभिन्न अड्कलबाजीहरु भएका थिए । तर पछिल्लो निर्णयमा उहाँले प्रधानमन्त्रीको सपथ लिने भने पछि यहाँको राजनीतिक परिस्थिति फेरिएको समाचारहरु आएका छन् । रासस÷एएफपी