२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भ्यागुते रोगबाट ९१ जनाको मृत्यु

३० बैशाख २०७५, आईतवार ११:२७

वैशाख ३० साना | विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भ्यागुते रोगका कारण यमनमा ९१ जनाको मृत्यु भएको विवरण शनिबार सार्वजनिक गरेको छ । 

गत अक्टोबरदेखि फैलिएको यस रोगको प्रकोपबाट उनीहरुको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् । 

मुलुकका २३ ओटा प्रान्तमध्ये २० प्रान्तमा भ्यागुते रोगको प्रकोप फैलिएको छ । प्रकोपमा परी एक हजार ७२५ जना बिरामी भएका छन् । 

भ्यागुते रोग ब्याक्टेरियाको कारणले लाग्छ । प्रभावित व्यक्तिलाई ज्वरो आउने, घाँटीमा खैरो रङको झिल्लीका पाटा टासिने, घाँटी दुख्ने र सास फेर्न गाह्रो हुने लक्षण देखापर्छ । यमनमा यो रोग विषेश गरेर बालबालिकामा देखिएको छ । 

संयुक्त राष्ट्रसंघको सहयोगमा यमनमा बालबालिकामा देखिएको भ्यागुते रोगको विरुद्धमा राष्ट्रिय अभियान पनि चलाइएको थियो । 

भ्यागुते रोग विरुद्ध लड्न गत मार्चमा डब्लु एच ओ, युनिसेफ र यमनको स्वास्थ्य अधिकारीले संयुक्तरुपमा देशव्यापी बृहत अभियानको सुरुवात गरेका हुन् । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य