Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

२ पटकसम्म यसरी दुर्घटना हुनबाट बचेका थिए पाइलट किरण

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

जेठ २ काठमाण्डौ | बुधबार भएको मकालु एयरको विमान दुर्घटनामा परि दुई जनाले ज्यान गुमाएका छन् ।

नाइन एन एयूजे कलसाइनको विमानका चालक किरण भट्टराइ र सहचालक आदित्य नेपालीले ज्यान गुमाएका हुन् ।

सुर्खेत विमानस्थलबाट विहान ६ बजेर १२ मिनेटमा सिमिकोटको लागि उडेको विमान ६ बजेर २७ मिनेटमा अन्तिमपटक सम्पर्कमा आएको थियो । विहान हराएको विमान मध्याह्न १२ बजेको आसपास मात्र फेला पर्‍यो ।

मकालु एअरको 9N–AJU C208B (Cssana) एकल इन्जिनयुक्त वायुयान सिमिकोट विमानस्थलबाट ७ दशमलब ७ नटिकल माइल दक्षिण–पूर्व खार्पुनाथ गाउँपालिकामा सिमिकोट पास नजिक दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । विमानका चालक किरण  र सहचाल आदित्यको शव हेलिकप्टर मार्फत सुर्खेत हुँदै काठमाडौं ल्याइएको छ । चालक किरण दुइपटक सम्म दुर्घटनाबाट बच्न सफाल भएका थिए |

पहिलोपटक २०७० सालको जेठ १८ गते उनी सिमिकोट विमानस्थलमा पाँच यात्रु सवार विमान अवतरण गर्ने क्रममा भएको दुर्घटनामा परेका थिए ।

सिमिकोट विमानस्थलमा सीता एयरको नाइन एन एनएचबी कलसाइनको विमान अवतरण गर्ने क्रममा पङखा धावनमार्गमा घस्रिएको थियो त्यस क्रममा विमान अनियन्त्रित भयो । विमानस्थलमा उनी ठूलो दुर्घटनामा बच्न सफल भए ।

त्यस्तै अर्को दुर्घटना आजभन्दा एक अघि चैत २६ गते पनि पाइलट भट्टराई अर्को ठूलै दुर्घटनाबाट जोगिएका थिए ।

मकालु एयरको विमान हुम्लाबाट सुर्खेतका लागि उडान भर्न लागेको समयमा टेक अफ –(उड्न तयार) थियो  । त्यतिबेला रनवेमा गुडिरहेको विमानमा  समस्या भएको थाहा पाएपछि  उनले तत्काल उडान रोकेका थिए। त्यतिबेला विमानमा चालक दलका दुई सदस्यसहित १२ जना सवार थिए । त्यसबेला आफूसहित ११ जनाको ज्यान जोगाउन सफल भएका क्याप्टेन किरण भट्टराई तेस्रो अर्थात आजको दुर्घटनाबाट भने आफैँ बच्न सकेनन् |

दुईपटक भाग्यले बाँचेका क्याप्टेन किरण भट्टराईलाई यसपटक भाग्यले साथ दिएन ।