Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बिदेशबाट काँचो सुन ल्याउँदा कति तिर्नुपर्छ महसूल,हेर्नुहोस मूल्य सहित

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>जेठ १६,काठमाडौँ&nbsp; । महसूल तिरेर पनि काँचो सुन ल्याउन नपाउने गरी दुई वर्षअघि लगाइएको प्रतिबन्ध यो वर्षदेखि हट्ने भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा विदेशबाट आउने नेपालीले सय ग्रामसम्म काँचो सुन ल्याउन पाउने व्यवस्था छ।</p><p>अर्थमन्त्रीले हिजो संसदमा पेश गरेको विधेयकमा पचास ग्रामसम्म सुन ल्याउँदा एउटा र त्यसभन्दा बढी ल्याउँदा अर्कै दरको महसूल लाग्ने प्रस्ताव छ। विदेशबाट फर्केका यात्रुले काँचो सुन ल्याउँदा पहिलो ५० ग्रामसम्म प्रति १० ग्राम ५ हजार २ सय रुपैयाँ महसूल लाग्छ। त्यसैगरी ५० ग्रामभन्दा बढी ल्याएमा प्रति १० ग्रामको ६ हजार २ सय रुपैयाँ महसूल लाग्छ।&nbsp;</p><p>१०० ग्रामभन्दा बढी सुन ल्याएमा बढी भएको परिमाण जति जफत गरिने प्रावधान विधेयकमा छ।</p>