२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश-३: एक सय ६१ जना बाालबालिकाहरु अझै जेलमा

२०७५, २५ जेष्ठ शुक्रबार १६:४६

जेठ २५, हेटौंडा । तीन नम्बर प्रदेशका कारागार र बालसुधार गृहमा आश्रीत बालबालिकाहरु एक सय ६१ जनाको अबस्था दयनिय रहेको पाइएको छ । 

तीन नंमबर प्रदेशको सामाजिक बिकाश मनत्रालयको आयोजनामा प्रदेश सरकार र बालअधिकार संरक्षण तथा सम्बर्दन बिषयक आज हेटौंडामा आयोजित अन्तरकृया कार्यक्रमका अबसरमा यसका बारेमा जानकारी दिइएको हो । सबैभन्दा बढी बाल सुधार गृह सानो ठिमी भत्तपुरमा १ सय ४७ जना, काठमाण्डौको कारागारमा ८ जना, धादिङ कारागारमा ३ जना, चितवन कारागारमा ३ जना बालबालिकाहरु रहेको पाइएको हो ।

आमाबाबु बिभीन्न अपराधमा संलग्न रहेकाले जेलमा परेपछी घरमा अरु हेर्ने ब्यक्ति समेत नभएपछी बिभीन्न कारणबाट कारागारमा आश्रीत बालबालिकाको अधिकार भने हनन् समेत भएको छ । नेपालको तीन नंम्बर प्रदेशका ११ वटा जिल्लामा आवासीय रुपमा संचालित बालगृहहरुमा मात्र ११ हाजर ८ सय ८२ जना बालबालिकाहरु बस्ने गरेका छन् । यस प्रदेशका बानलगृहहरु पुर्ण रुपमा बालगृहको मापदण्डमा नरहेका धेरैनै रहेका छन् । यस प्रदेशका ११ वटा जिल्लामा ४ सय १५ वटा बालगृहमा धेरैले धेरै थरीबाट संचालन गरिएको र धमृको समेत प्रचार गरिएको पाइएको तीन नंमबर प्रदेशका सामाजिक बिकाश मन्त्री युबराज दुलालले बताउनुभयो ।

बालबालिकाका अधिकार कुन्ठित गरेर राखिएका बालबालिकाहरुलाई सरकारले जिम्मा लिएर राख्नका लागि तयार रहेको बताउँदै सामाजिक बिकाश मन्त्री दुलालले भन्नुभयो–धर्मप्रचारका नाममा, अधिकार बन्चित गर्ने नाममा संचालन गरिएका बालगृहहरु बन्द गरेर प्रदेश सरकारले आफै बालबालिकाको संरक्षण गर्ने गरी अगाढी बढ्न तयार छौ ।’ अहिले बालगृह बन्द गर्नका लागि कानुनी औजार बलियो नभएकाले मात्र छुट पाएको बताउँदै उहाँले बालबालिकाको क्षेत्रमा रिजल्ट निकाल्नेगरी काम गर्नका लागि तयारी पनि गरिएको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथी तीन नंमबर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले भोलिका भबिस्यका बालबालिकाका ििनम्ती आफुहरु काम गर्नका लागि तयार रहेको बताउनुभयो । अहिले हेटौंडा सडक बालक मुक्त र मानसिक संतुलन गुमाएकाहरुलाई सडकमा भेट्न नसकिने अबसथामा रहेको बताउँदै उहाँले अब बालिकामाथी हिंसा भइृहालेमा पनि कार्बाहीको चरणमा जाने बताउनुभयो । अब एक्सनमा गएर रिजल्ट निकाल्ने काममा आफुहरु लागिपरेको उहाँको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का