Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सार्वजनिक यातायातमा सह–चालकका रुपमा कार्यरत ४ जना बालकको उद्वार

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असार ५, काठमाण्डौ&nbsp; |</b> बालअधिकारका क्षेत्रमा कार्यरत विभिन्न संस्थाहरुले सवारी साधनमा काम गर्ने ४ जना बालकलाई उद्वार गरेको छ |&nbsp;<br></p><p>बालबालिकालाई श्रममुक्त बनाउन अभियान नै संचालन गर्दै आएको सो संस्थाहरुले आज काठमाडौंको त्रिपुरेश्वर क्षेत्रमा अनुगमन गरी सवारी साधनमा कार्यरत १६ वर्ष मुनिका ४ बालकलाई उद्दार गरेको हो | उद्दार गरीएको बालकहरु&nbsp; सवारी साधनमा सह चालकको रुपमा काम गर्दै आइरहेका थिए |</p><p>सो अभियानबाट आज बस, मिनिबस, माइक्रोबस, टेम्पो र ढुवानीका साधन लगायतका ८४ वटा गाडीको अनुगमन गरि सचेतना मुलक स्टीकर समेत टाँसेको केन्द्रीय बालकल्याण समितिले जानकारी दिएको छ | श्रम कार्यालय बागमती, केन्द्रीय बालकल्याण समिति र बालअधिकारका क्षेत्रमा कार्यरत निकाय तथा संघ–संस्थाहरुको सहकार्यमा सञ्चालित यस अभियानलाई हरेक हप्ता निरन्तरता दिने पनि समितिले जनाएको छ |</p>