२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानमा आत्मघाती आक्रमण हुँदा नौ प्रहरी मारिए

१२ असार २०७५, मंगलवार १०:५१

असार १२, अफगानिस्तान | अफगानिस्तानको पूर्वीप्रान्त कुनारमा सोमबार राति आत्मघाती आक्रमण गरी नौ जना प्रहरी अधिकारीको हत्या गरिएको समाचार छ । 

सोमबार राति ८ बजे भएको यस आक्रमणमा परी अन्य तीन प्रहरी अधिकारी घाइते भएका स्थानीय अधिकारीले मङ्गलबार जानकारी दिएका छन् । 

स्थानीय समयाअनुसार चावकी जिल्लाको बबार ताङगइमा रहेको प्रहरी चौकीमा आतङ्ककारी समूहले आक्रमण गरेको प्रान्तीय सरकारका प्रवक्ता गनी मुसामिमले सिन्ह्वा समाचार समितिलाई जानकारी दिनुभएको छ । 

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । यस पहाडी प्रान्तमा तालिबान र इस्लामिक स्टेट्स(आइएस) आतङ्ककारीको बलियो उपस्थिति रहेको छ । 

त्यसैले यस आक्रमणमा पनि तालिबानकै हात रहेको अनुमान प्रहरीले गरेको छ । आत्मघाती हमलाकारीको पनि निधन भएको छ । 

ती हमलाकारीको परिचय खुल्न नसकेको प्रहरी अधिकारीले जानकारी दिएका छन् । 

सन् २०१५ को शुरुबाट अफगानिस्तानको सम्पूर्ण सुरक्षाको जिम्मा अफगान सुरक्षा अधिकारीले लिएपछि सुरक्षा अधिकारीको हताहत बढेको छ । 

सन् २०१४ को अन्त्यमा अफगानिस्तानमा युद्धरत अमेरिकी र नेटोआवद्ध सेनाले अफगान युद्ध सकिएको घोषणा गर्दै अफगानिस्तानबाट फर्किएका थिए । 

यहाँ बाँकी रहेका केही अमेरिकी र नेटोआवद्ध सैनिकले भने अफगान सुरक्षा अधिकारीलाई सल्लाह र तालिम दिनेकाम मात्र गर्ने गरेका छन् । 

अफगानिस्तानमा सरकारसँग युद्ध जारी राखेका तालिबान र अन्य आतङ्ककारी समूहले सरकारी र सुरक्षा अधिकारीलाई लक्ष्य बनाउदै बारम्बार आक्रमण गर्दै आएका छन् । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य