२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अवैध मदिरा बिक्री भएपछि सिलबन्दी

२०७५, २३ असार शनिबार ०८:४९

असार २३, लहान | गैरकानूनी रुपमा मदिराको बिक्री वितरण गरिरहेको भन्दै आन्तरिक राजश्व कार्यालय लहान र प्रहरीको टोलीले सिरहाको गोलबजार– ६ स्थित परमेश्वर नायकको घरको एउटा कोठा सिलबन्दी गरेको छ । 

गैरकानूनी रुपमा मदिराको बिक्री वितरण गरिरहेको गोप्य सूचनाको आधारमा आन्तरिक राजश्व कार्यालय लहान र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले नायकको घर खानतलासी गर्दा गोल्डेन ओके लेखिएको १८० मिलिको ४८ बोतल र अवैध मदिरा राख्नको लागि प्रयोग हुने खाली बोतलको १४ बोरा बरामद गरेको हो । 

ती परिमाणमा अवैध मदिरा र बोतल बरामद भएपछि केही मदिरा आवश्यक कार्बाहीका लागि आन्तरिक राजश्व कार्यालय लहानमा लगिएको र बाँकी अन्य मदिरा थप अनुसन्धानको लागि नायकको घरको एउटा कोठामा राखेर जनप्रतिनिधिको रोहवरमा सिलबन्दी गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

यस्तै प्रहरी टोलीले सिरहाको विभिन्न स्थानबाट चार हजार ९२६ लिटर अवैध मदिरा र एक हजार ९३६ लिटर कच्चपदार्थ तथा मदिरा बनाउने ६८ थान भाँडा बरामद गरी नष्ट गरिएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता