२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब बच्चाले गर्भावस्थामै अंश पाउने, भदौबाट बन्दैछ यस्तो कानुन

२०७५, २२ श्रावण मंगलवार ०७:५५

कालिका खड्का | साउन २२, काठमाडौँ | हालसम्म सगोलको सम्पति बच्चा जन्मिएपछि मात्र भाग लगाउने गरिन्थ्यो तर अब भने बच्चाले आमाको गर्भमा रहँदा नै अंश पाउने भएका छन् । 

आगामी भदौ १ देखि लागू हुन लागेको मुलुकी देवानी (संहिता), २०७५ र त्यससम्बन्धी कार्यविधिमा अंशबण्डा गर्दाका बखत कुनै महिला अंशियार गर्भवती भएमा ती महिलाले जन्माउने शिशुलाई पनि अंश छुट्टयाउनुपर्ने नयाँ व्यवस्था गरिएको हो । 

सगोलको सम्पत्तिमा पति, पत्नी, बाबु, आमा, छोरा, छोरी अंशियार हुने व्यवस्था हाल व्यवस्था थियो । तर अब आमा अंशियार भए गर्भको बच्चालाई पनि अंश छुट्टयाउनुपर्ने भएको छ । 

समान अंशका लागि र खासगरी छोरीलाई कानूनीरुपमा नै अंश दिलाउन योगदान पुर्याउनुभएकी अधिवक्ता मीरा ढुंगानाले रासससँग कुरा गर्दै भन्नुभयो, “समान अंशका लागि कानूनीरुपमा निकै लडाइँ लड्नुपर्यो, अब गर्भकै शिशुले अंश पाउने भएका छन्, त्यो निकै राम्रो व्यवस्था हो ।” 

आमाको गर्भमा हुँदादेखि नै अंश पाउने कानूनी व्यवस्था भएपछि छोरा र छोरीमा हुने विभेदको अन्त्य भएको उहाँको भनाइ छ । यो नयाँ व्यवस्थाले छोरालाई बढी प्राथमिकता दिने परिवारले पनि बाध्य भएर छोरीलाई पनि समान हक दिनुपर्ने छ । 

वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार बच्चा आमाको गर्भमा रहँदैको अवस्थामा नै अंश पाउने राम्रो कानूनी व्यवस्था भएको हो । त्यो व्यवस्था हालसम्म थिएन । 

“अंशबंण्डाको अवस्थामा अंशियार महिलाको गर्भबाट जन्मने बच्चाले पनि समान अंश पाउने छ, यदि बच्चा मृतावस्था जन्मिएमा वा गर्भ खेर गएमा त्यो सम्पत्ति सगोलमै भाग लाग्ने छ”– रासससँग कुरा गर्दै वरिष्ठ अधिवक्ता पाठकले भन्नुभयो । 

वरिष्ठ अविधक्ता डा चन्द्रकान्त ज्ञवालीका अनुसार हालसम्म आफँैले सक्षम भएर अंश माग्दा १६ वर्ष पुग्नुपर्ने व्यवस्था थियो । तर अब १८ वर्षसम्मलाई बालककै अवस्थामा राखेको छ । उहाँले थप्नुभयो, “आमाको गर्भमै रहँदा अंश पाउने भएपछि यसले समानताको सिद्धान्तलाई अनुशरण गरेको छ, जुन प्रभावकारी र उपयुक्त व्यवस्था हो ।” आगामी भदौ १ देखि अंशबण्डा गर्दा अंशियार गर्भवती महिलाको बच्चालाई पनि समानरुपले अंश छुट्टयाउनु पर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ