Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

४५७ ग्राम सुनसहित पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>साउन २२, काठमाडौँ | </b>महानगरीय प्रहरी परिसर काठमाडौँले अवैध रुपमा तस्करी गरेर ल्याएको ४५७ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ ।&nbsp;<br></p><p>परिसर, महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा गएका कामदार प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुने गरेको गोप्य सूचनाका आधारमा सुनसरीका २८ वर्षीय फैजाद आलमलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।&nbsp;</p><p>परिसरका प्रवक्ता मोहनकुमार थापाले विमानस्थलको मूल ढोका अगाडि शंकास्पद रुपमा हिँडिरहेका अवस्थामा पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले आलमसँग सुनका सात थान चुरा र पाँच थान बेरुवा आंैठी बरामद गरेको थापाले बताउनुभयो । उक्त सुनको बजार मूल्य रु २१ लाख ९४ हजार ५७ छ । अभियुक्त आलमलाई आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।&nbsp;</p>