Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

६४ वर्षीय झाँक्री बा: जसले रोग निको पार्दिन्छु भन्दै पटक पटक बलात्कार गरे

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन २७, काठमाडौं | लामो समयदेखि झारफुक गर्दै आएका मकवानपुरका ६४ वर्षीय कृष्ण प्रसाद नेपाल अर्थात ‘झाँक्री बा’ लाई प्रहरीले पक्राउ गरेको छ |

उनी युवती बलात्कारको आरोपमा पक्राउ परेका हुन् ।

उनीमाथि झारफुक गर्न आएकी युवतीलाई ‘बेथा निको पार्ने भए मसँग शारीरिक सम्पर्क गर्नुपर्छ’  भन्दै पटक–पटक बलात्कार गरेको आरोप छ ।

२०४४ सालदेखि काठमाडौंको झोँछे, टौदह र पछिल्लो समय प्याफलमा बसेर झारफुक गर्दै आएका नेपालले राजधानीकै एक श्रेष्ठ थरकी युवतीलाई ‘रोग निको पार्ने’ नाममा ६ पटकसम्म बलात्कार गरेको जाहेरी परेसँगै उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

मकवानपुरको भैँसे स्थायी घर भएका नेपाल लामो समदेखि काठमाडौंमा बसेर झारफुक गर्दै आएका थिए ।

झाँक्रीको आवरणमा बलात्कर गरेको आरेपमा पक्राउ परेका नेपालले प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा आफुले सहमतीमा दुई पटक ती युवतीसँग शारिरिक सम्पर्क गरेको स्वीकार गरेका छन् ।

झारफुक गर्नका लागी आफ्नो आसनमा आउने महिलाहरुलाई उनले पहिले पनि यसरी नै ‘मेरो जिउमा देउता छन्, रोग निको हुन्छ’ भन्दै बलात्कार गर्ने गरेको पाइएको छ । ६४ वर्षको उमेरसम्म उनले आधा दर्जन महिलासँग विवाह समेत गरेर छाड्ने गरेको बताइएको छ ।