पढ्न करिब 1 मिनेट लाग्छ

भदौ १९, काठमाडौं | सत्तारुढ दल नेकपाकी सांसद नबिना लामाको रोहबरमा छुटेका काभ्रेका ‘गुण्डा नाइके’ सत्यमान लामा पुनः पक्राउ परेका छन् ।

स्थानीय व्यक्तिलाई धम्की दिएको अभियोगमा लामा पुनः पक्राउ परेका हुन् ।

काभ्रे तिमाल गाँउपालिका– ६ मान बहादुर तामाङ लगायतलाई फोनबाट धम्की दिएको अभियोगमा सत्यमान पक्राउ परेका हुन् ।

लामाले फोनबाट ज्यान मार्ने धम्की दिएपछि पीडितहरुले प्रहरीकहाँ उजुरी दिएका थिए । महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई मंगलबार काठमाडौंको ठमेलबाट पक्राउ गरेको हो ।