२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गैरआवासीय नेपाल विज्ञहरुको विश्व सम्मेलन शुक्रबारदेखि

२०७५, २४ आश्विन बुधबार ११:०१

नारायण ढुङ्गाना | असोज २४, काठमाडौँ | गैरआवासीय नेपाली विज्ञहरुको पहिलो विश्व सम्मेलन शुक्रबारदेखि काठमाडौँमा हुने भएको छ । 

वैदेशिक रोजगारीमा गएका नेपालीहरुले सिकेको ज्ञान, सीप र पूँजी लगानी गरी समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्यसाथ पहिलोपटक विज्ञहरुको विश्व सम्मेलन गर्न लागिएको गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद्(एनआरएनए)ले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । 

गैर आवासीय नेपाली दिवसको सन्दर्भ पारेर यही असोज २६, २७ र २८ गर्ने सम्मेलन गर्न लागिएको हो । सम्मेलनमा विभिन्न देशमा काम गरेर ख्याति कमाएका विज्ञले १६० वटा कार्यपत्र प्रस्तुत गर्ने र ८० जनाले टिप्पणी गर्ने कार्यक्रम रहेको एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिनुभयो । 

मुलुकको समृद्धिमा सहयोग गर्ने मुख्य लक्ष्यसाथ सम्मेलन गर्न लागिएको भन्दै भट्टले देशको आर्थिक विकासमा सम्मेलन कोशेढुङ्गा सावित हुने बताउनुभयो । एनआरएनएका उपाध्यक्ष डा हेमराज शर्माले सम्मेलनमा ३५० जना प्रतिनिधि सहभागी हुने जानकारी दिनुभयो । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ । 

“हाम्रो देश आफैं बनाउन सक्षम छौं भनेर राज्यलाई आत्मविश्वास दिलाउने छौं, शर्माले पत्रकारसँग भन्नुभयो, “यो ऐतिहासिक र पहिलो सम्मेलन हो, लगानी भित्र्याउन सहयोगी बन्ने छ ।” 

सम्मेलनमा पहिलो पटक विधान संशोधनको विषयलाई समेत प्रवेश गराइने छ । अहिले तीन उपाध्यक्ष रहेकोमा थपेर विषयगत रुपमा पाँच उपाध्यक्ष पु¥याउने र दुई वर्षे कार्यकाललाई तीन वर्षे बनाउने गरी विधान संशोधन प्रस्ताव लगिने छ । सो अवसरमा विधान संशोधनलगायत नीतिगत विषय, कृषि, जलविद्युत्, यातायात, वातावरण प्रदूषण नियन्त्रण, बाहिरबाट सिकेका ज्ञान, सीपको उपयोग र समस्याबारे छलफल तथा विभिन्न अन्वेषणमा सहभागी विज्ञ, लगानीकर्ता र नीति निर्माताबीचमा अन्तक्र्रिया हुनेछ । 

लाप्राक नमूना गाउँको निर्माण ७० प्रतिशत पूरा 

एनआरएनएका महिला उपाध्यक्ष सफिलाराज भण्डारीले भूकम्पले क्षति पुर्याएको गोरखाको लाप्राक गाउँमा नमूनाबस्ती निर्माणको काम तीव्र पारिएको जानकारी गराउनुभयो । करीब ७० प्रतिशत काम पूरा भएकाले आगामी वैशाख १२ गते उक्त गाउँ हस्तान्तरण गर्ने योजना रहेको उहाँको भनाइ थियो । 

एनआरएनएले भूकम्पपछि एक हजार घर निर्माण गर्ने घोषणा गरेको थियो । तर लाप्राकमा १८ हेक्टर क्षेत्रफलमा ५७६ घर निर्माण भइरहेको भण्डारीले बताउनुभयो । घर निर्माणमा स्थानीयवासीलाई सहभागी गराइएको छ । दुई वर्षअघि सो घर निर्माण गर्न सम्झौता भएर काम शुरु गरिएको थियो । 

गैरआवासीय नेपाली दिवसको अवसरमा घर हस्तान्तरण गर्ने कार्यक्रम रहेको भए पनि विभिन्न कारणले ढिलाइ हुन पुगेको हो । निकै चुनौतीका बीच लाप्राकको बस्ती निर्माणमा आफूहरु लागेको अध्यक्ष भट्टले बताउनुभयो । 

शङ्खमूल पार्क बिहीबार हस्तान्तरण 

सरकारको समन्वयमा गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले निर्माण गरेको शङ्खमूल पार्क बिहीबार ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरिने छ । करीब रु तीन करोड लागतमा सो पार्क बनाइएको उपाध्यक्ष कुलप्रसाद आचार्यले जानकारी दिनुभयो । सन् २०१४ मा सम्झौता भएको पार्क निर्माणको काम सन् २०१६ बाट शुरु भएको थियो । 

रु दश अर्बको कोष बनेपछि लगानी बढ्ने 

एनआरएनएका अध्यक्ष भट्टले रु १० अर्बको कोष सङ्कलन भएपछि नेपालमा लगानी बढ्ने बताउनुभएको छ । कोष निर्माणको प्रक्रियामा चलिरहेको भन्दै भट्टले यसलाई सामूहिक लगानी कोषको रुपमा खडा गर्ने उद्देश्य रहेको बताउनुभयो । 

कोषमा नेपाल सरकारको ५, एनआरएनएको ५, स्थानीयवासीको ५ तथा ८५ प्रतिशत एनआरएनएको अगुवाइमा सर्वसाधारणको लगानी रहने छ । यसैबीच गैरआवासीय नेपाली दिवसको अवसरमा विहिबार बिहान ७ बजे स्वयम्भूमा एकलाख बत्ती बालिने, ९ बजे पशुपतिमा पूजा, १ बजे पुस्तकालय स्थापनाका लागि नेपाल पत्रकार महासङ्घसँग सम्झौता गर्ने कार्यक्रम रहेको महासचिव बद्री केसीले जानकारी दिनुभयो । 

दिवसको अवसरमा दिउँसो २ बजे माइतीघर मण्डलामा झण्डोत्तोलन गर्ने कार्यक्रम छ । कार्यक्रममा अध्यक्ष भट्टले पछिल्लो समयमा ऐतिहासिक सिन्धुलीगढीको गुरुयोजना निर्माण गरिएको, जनकपुरधामको संरक्षणका लागि परियोजना अगाडि बढेको र काठमाडौँ मुग्लिनको सडक सुरक्षा योजना तयार पारिएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा