पढ्न करिब 1 मिनेट लाग्छ

कात्तिक २५, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८४ पैसा र बिक्रिदर ३१ रुपैयाँ रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ९४ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ५० पैसा र बिक्रिदर ३१ रुपैयाँ ६६ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ६८ पैसा र बिक्रिदर २७ रुपैयाँ ८२ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २५ र बिक्रिदर १० रुपैयाँ ३१ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ८० रुपैयाँ ५७ पैसा छ भने बिक्रिदर ३ सय ८२ रुपैयाँ ५४ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय ०६ रुपैयाँ ८८ पैसा र बिक्रिदर ३ सय ८ रुपैयाँ ४७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।