२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एचआइभी रोक्न सचेतना र स्कुल शिक्षामा जोड

२०७५, १५ मंसिर शनिबार ०६:४६

मङ्सिर १५, काठमाडौँ | एचआइभी सङ्क्रमण न्यूनीकरणका लागि सामाजिक सचेतना र स्कुल शिक्षामा जोड दिनुपर्ने आज ललितपुरमा आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र सानेपा, ललितपुरको आयोजनामा भएको अन्तक्र्रिया कार्यक्रममा बोल्दै सहभागीले बेरोजगारी, बढ्दो शहरीकरण, अशिक्षा र दुव्र्यसनका कारण एचआइभी सङ्क्रमण बढ्ने गरेको बताएका छन् । 

विश्व एड्स दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी कमिटी सदस्य पम्फा भुषालले एचआइभी भनेको आयातित समस्या भएको भन्दै सङ्क्रमण दर घट्दै जानु सकारात्मक भएको प्रतिक्रिया दिनुभयो । 

शहरीकरण र बेरोजगारीका कारण रोग सङ्क्रमण हुने गरेको भन्दै उहाँले प्रभावित क्षेत्रमा कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । यसका लागि सचेतना कार्यक्रमलाई प्रभावकारी बनाए शून्यमा झार्न सकिने अवस्था रहेको उहाँको भनाइ थियो । 

ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले एचआइभी सङ्क्रमणको वास्तविक तथ्याङ्क आएमा न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्न सहज हुने औँल्याउँदै यौनजन्य क्रियाकलाप र रगतको माध्यमबाट रोग सर्ने भएकाले यस्ता गतिविधिमा सचेतना अपनाउन र स्कुलमा पुगेर अभियान चलाउनुपर्र्नमा जोड दिनुभयो । 

महानगरपालिका–२ का वडाध्यक्ष राजेश महर्जनले एचआइभी रोक्न सामाजिक सचेतना र स्कुल शिक्षा महत्वपूर्ण हुने भन्दै श्रम क्षेत्रमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा सामुदायिक सेवा केन्द्र सानेपा ललितपुरका अध्यक्ष दानबहादुर थापामगरले सामाजिक सचेतनाका विभिन्न अभियानमध्ये एचआइभी न्यूनीकरणमा समेत केन्द्रले काम गर्दै आएको बताउनुभयो । उहाँले समुदाय र प्रहरीसँगको सहकार्यमा केन्द्रले सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिँदै आएको जानकारी गराउनुभयो । 

‘एचआइभी जाँच गराऔंँ, आफ्नो अवस्था थाहा पाऔं’ भन्ने नाराका साथ दिवसको सन्दर्भमा आय यहाँ कार्यक्रम गरिएको हो । कार्यक्रममा हेल्थ केयर फाउण्डेसनका राष्ट्रिय निर्देशक दीपक ढुङ्गेल, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुका रणनीतिक सूचना अधिकृत वीरबहादुर रावल लगायतले एचआइभीको अवस्था र न्यूनीकरणका उपाएका बारेमा जानकारी गराउनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय