पढ्न करिब 1 मिनेट लाग्छ

मंसिर १९, काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनका घोषित कार्यक्रम स्थगन गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मागको सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाएपछि महासंघले आन्दोलनका कार्यक्रम स्थगनको घोषणा गरेको हो ।

स्थानीय तहबाट विद्यालय शिक्षाको अधिकार फिर्ता गर्न कानून संशोधन गर्नुपर्ने, विगतका सम्झौता कार्यान्वयन गर्नुपर्ने, निःशुल्क तथा अनिवार्य शिक्षाका लागि पर्याप्त बजेट हुनुपर्ने माग राख्दै महासंघ गत जेठ १७ देखि आन्दोलित छ ।

आफ्ना माग पूरा नभएपछि महासंघले मंसिर २१ मा काठमाडौंमा विरोध प्रदर्शनको तयारी गरेको थियो ।

तर, सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाएकाले यसअघिका घोषित कार्यक्रम स्थगित गरिएको जानकारी महासंघले विज्ञप्तिमार्फत् दिएको छ ।