२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्री विश्वकर्मा ‘डा अम्वेडकर अन्तर्राष्ट्रिय अवार्ड’बाट सम्मानित

२०७५, २४ मंसिर सोमबार ०८:३८

मङ्सिर २४, काठमाडौँ | युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ‘डा अम्बेडकर अन्तर्राष्ट्रिय अवार्ड २०१८’ बाट सम्मानित हुनुभएको छ । 

दलित तथा पछाडि पारिएको वर्गको उत्थान, विकासका र अधिकारका लागि गरेको योगदानको सम्मान गर्दै भारतीय दलित साहित्य एकेडेमीले भारतको राजधानी नयाँदिल्लीमा आयोजित एक समारोहबीच मन्त्री विश्वकर्मालाई आइतबार सो सम्मान प्रदान गरेको मन्त्री विश्वकर्माका स्वकीय सचिव सुशील विकेले जानकारी दिनुभयो । 

दलित आन्दोलनका अगुवा तथा भारतीय संविधानका निर्माता डा भीमराव अम्वेडकरको नाममा स्थापना गरिएको हो । दलित आन्दोलन, कला, साहित्य, अध्ययन र अनुसन्धानको क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई एकेडेमीले प्रत्येक वर्ष पुरस्कृत गर्ने गरेको छ । मन्त्री विश्वकर्माले आफूले पाएको सम्मान, जातीय विभेद् र छुवाछुतविरुद्धको, सामाजिक न्याय, समानता र मानव मर्यादाको आन्दोलन, नेपाली दलितमुक्ति आन्दोलनकै सम्मान भएको बताउनुभयो । 

हिन्दू धर्म र वर्णाश्रम व्यवस्था, जाती व्यवस्था, धर्म, संस्कार, राजनीति तथा विभिन्न दर्शनशास्त्रको गहन अध्ययन गरी डा अम्वेडकरले दिनुभएका विचार उत्पीडित दलितको मुक्ति र सङ्घर्षका लागि सदाबहार प्रेरणादायी र मार्गदर्शक भएको बताउँदै मन्त्री विश्वकर्माले एकेडेमीले उहाँका विचारलाई चीरस्थायी बनाउन र दलित आन्दोलनलाई अन्तर्राष्ट्रियकरण गर्न गरेको कामको प्रशंसा गर्नुभयो । एकेडेमीले ३४औँं सम्मेलनका क्रममा दलित आन्दोलनमा योगदान पु¥याएका दक्षिण एशियाका दलित आन्दोलनकर्मीलाई विभिन्न विधाका अवार्ड वितरण गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो