2026-10-23 02:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दरबार हत्याकाण्ड दीपेन्द्रले गरेका होइनन्: केपी शर्मा ओली

2026-07-17

काठमाडौँ | पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०५८ साल जेठ १९ गते भएको नारायणहिटी दरबार हत्याकाण्ड युवराज दीपेन्द्र शाहले नगरेको दाबी गरेका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दरबार हत्याकाण्डपछि विश्वव्यापी रूपमा फैलाइएको कथा सत्य नभएको जिकिर गरे।

ओलीले युवराज दीपेन्द्रले आफ्ना बाबु, आमा तथा परिवारका अन्य सदस्यको हत्या गरेर आत्महत्या गरेको भन्ने कथा योजनाबद्ध रूपमा फैलाइएको दाबी गर्दै त्यसमा कुनै सत्यता नरहेको बताए। उनले दरबार हत्याकाण्डलाई दीपेन्द्रको प्रेम सम्बन्धसँग जोडेर ‘रेडिमेड कथा’ तयार पारिएको आरोप लगाए। घटनाको वास्तविकता अझै खुल्न नसकेको उल्लेख गर्दै उनले कसले यस्तो कथा निर्माण गर्‍यो र कसले विश्वभर फैलायो भन्ने विषय पनि अस्पष्ट रहेको बताए। ओलीले दरबार हत्याकाण्डजस्तो ठूलो घटनामा विश्वका प्रमुख सञ्चारमाध्यमले तथ्य खोज्नुभन्दा पनि पुष्टि नभएको कथालाई नै व्यापक रूपमा प्रचार गरेको टिप्पणी गरे।

उनले भने, ‘२०५८ साल जेठ १९ गते दरबार हत्याकाण्ड हुनेबित्तिकै युवराज दीपेन्द्रले बाबु, आमा, भाइ, बहिनी, काकासहित परिवारको वंश नाश गरेर आफूले पनि आत्महत्या गरे भन्ने रेडिमेड कथा विश्वभर फैलाइयो। त्यो कथा २० वर्षभन्दा बढी समयसम्म सही सूचनाका रूपमा स्थापित गरियो। तर वास्तविक सत्य के हो भन्ने अझै खुल्न सकेको छैन। त्यो कथा कसले बनायो, कसले फैलायो भन्ने पनि स्पष्ट छैन। वास्तवमा त्यो सूचना सही होइन।’

अध्यक्ष ओलीले यसअघि पनि दरबार हत्याकाण्डलाई प्रेम सम्बन्धको असफलतासँग जोडिएको कथालाई आफूले स्वीकार नगर्ने बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ