२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मालपोत अधिकृतसहित १६ विरुद्ध मुद्दा दायर

२०७५, ९ पुष सोमबार १४:१९

पुष ९, काठमाडौँ (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री गरेको अभियोगमा मालपोत कार्यालय चावहिलका कर्मचारीसहित १६ जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार चन्दनकृष्ण कायस्थको नाममा रहेको बूढानीलकण्ठ नगरपालिका, साबिक विष्णु गाविस–७ को कित्ता नं ३२३,३२५ र ३२९ गरी जम्मा दुई रोपनी आठ आना जग्गा नक्कली जग्गाधनी र जग्गाधनी प्रमाणपुर्जासमेत खडा गरी बिक्री वितरण गरेको अनुसन्धान क्रममा पाइएले उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो । 

आयोगका अनुसार मालपोत कार्यालयका तत्कालीन प्रमुख कमलप्रसाद तिमिल्सिना, मालपोत अधिकृत खगेन्द्रप्रसाद अर्याल, रामप्रसाद सुवेदी, नायब सुब्बा रञ्जनकुरमा खरेल, टाइपिस्ट नायब सुब्बा जमुनाकुमारी श्रेष्ठ, कार्यालय सहयोगी हरि खड्काविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कारवाहीको माग गरिएको छ । 

यस्तै राजु थापा मगर भन्ने चन्दनकृष्ण श्रेष्ठविरुद्ध रु ६ करोड, सानुभाइ भन्ने सानुभाइ श्रेष्ठ, भुपाल मोक्तान, धुव्रप्रसाद भट्टराई, श्रीकृष्ण देवकोटा, प्रदीपकुमार गौतम, नवदुर्गाप्रसाद ढुङ्गेल, सुरेशुकमार थापा र सनिश सापकोटामाथि पनि रु ६ करोड बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ । 

कर्मचारीहरूलाई अनुचित प्रभावमा पारी जग्गाको जग्गाधनी दर्ता स्रेस्तामा वास्तविक जग्गाधनीको फोटो उक्काई गैरकानूनी तरिकाबाट आफ्नो फोटो टाँस गरी नक्कली प्रमाणपुर्जा, नागरिकताको प्रमाणपत्रसमेत खडा गरी उक्त जग्गा बिक्री गरेको आयोगले जनाएको छ । 

नक्कली जग्गाधनीको नामबाट गैरकानूनी तरिकाबाट जग्गा बिक्री वितरण तथा खरीद गर्ने कार्यमा प्रत्यक्ष भूमिका निर्वाह गरी आफू समेतलाई गैरकानूनी लाभ हुने र वास्तविक जग्गाधनीलाई गैरकानूनी हानि पुर्याउने कार्य गरेको उनीहरुमाथि अभियोग लागेको छ । यस्तै आयोगले आजै बुटवल उपमहानगरपालिका–१३का वडासचिव भरतकुमार काउचाले बसाइँसराइसम्बन्धी काम गरिदिने भनी सेवाग्राहीसँग रु पाँच हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । 

आयोगको टोलीले शाख अधिकृत काउचालाई बुटवल उपमहानगरपालिका–५ हाटबजारबाट आज पक्राउ गरेको हो । आरोपी काउचाको अनुसन्धान भइरहेको आयोगले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए