२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल–श्रीलङ्का व्यापार प्रवद्र्धनको प्रयास

२०७५, १४ पुष शनिबार ०९:०३

पुस १४, काठमाडौँ | छ दशक पुरानो नेपाल र श्रीलङ्काबीचको औपचारिक कूटनीतिक सम्बन्धलाई व्यापार–वाणिज्य र लगानीका क्षेत्रमा पनि थप घनीभूत बनाउने प्रयास भएको छ । 

नेपाल र श्रीलङ्काबीच लगानी तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले बाह्रवर्षअघि स्थापना भएको नेपाल– श्रीलङ्का उद्योग वाणिज्य सङ्घले कोलम्बो–काठमाडौँबीच सिधा हवाई सम्पर्क कायम हुनुपर्नेमा जोड दिएको छ । 

नेपालका पर्यटन तथा उद्यमी–व्यवसायी र दुवै देशका कूटनीतिक अधिकारीको उपस्थितिमा शुक्रबार अबेर राजधानीमा समापन भएको ‘नेपाल –श्रीलङ्का आर्थिक सम्बन्ध प्रवद्र्धन’ विषयक छलफलमा दुई राष्ट्रबीच सिधा ‘कनेक्टिभिटी’ नहुँदा द्विपक्षीय व्यापार बढाउन नसकिएको निष्कर्षमा सबैको मतैक्य रह्यो । 

नेपालका लागि श्रीलङ्काका राजदूत स्वर्ण पेरेराले आपसी व्यापार बढाउन आफू प्रतिबद्ध रहेको दोहो¥याउँदै ५० वटा श्रीलङ्काली कम्पनीले दक्षिण एशियाली देशमा लगानी गरिरहेकाले उनीहरूलाई नेपालमा पनि पूँजी लगाउन प्रोत्साहन गर्ने बताउनुभयो । 

शताब्दीऔँ पुरानो श्रीलङ्का र नेपालबीचको सांस्कृतिक एवं धार्मिक सम्बन्धको चर्चा गर्दै उहाँले भूकम्पले भत्किएका आनन्दकुटी विहार र रातो मच्छिन्द्रनाथको मन्दिर पुनर्निर्माणको आर्थिक अभिभारा श्रीलङ्का सरकारले लिएको उल्लेख गर्नुभयो । 

सङ्घका अध्यक्ष रमेश महर्जनले सन् २०१८ मा झण्डै ५० हजार श्रीलङ्काली धार्मिक पर्यटक नेपाल आएका र पाँच हजारको हाराहारीमा नेपालीले श्रीलङ्का भ्रमण गरेको जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त