२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्का ‘कुलमान’ भनेर चिनिने सुरेन्द्र पौडेल अब आयल निगमको कार्यकारी निर्देशक

२०७५, २४ पुष मंगलवार ०४:०८

पुस २४, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल पौडेललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई रिक्त कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको बर्खास्तगीपछि निमित्तको भरमा चलेको निगमलाई नेतृत्व दिन वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिष्पर्धा गराएको थियो । जसका लागि १२ जनाले आवेदन दिएका थिए । १२ जनाबाट ५ जनाको नाम सर्टलिस्टमा राखेको आपूर्ति मन्त्रालयले अनिलकुमार झा, तारानाथ पौडेल र सुरेन्द्र पौडेलको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । मन्त्रिपरिषदले पौडेललाई कार्यकारी निर्देशकको लागि छनोट गरेको हो ।

पौडेल उदयपुर सिमेन्टका महाप्रबन्धक हुन् । उनले उदयपुर सिमेन्टमा तीन वर्षे कार्यकाल पूरा गरेका थिए । आफ्नो कार्यकालमा उदयपुर सिमेन्टलाई नाफामा लगेको श्रेय पौडेललाई जान्छ । जसको कारण उनलाई अर्का कुलमान उपनाम पनि दिईएको छ ।

उदयपुर सिमेन्टमा पुग्नु अघि उनी सन् २००१ देखि २००६ सम्म तिलगंगा आँखा अस्पताल काठमाडौंमा लेखा तथा प्रशासन विभागमा काम गरेका थिए। त्यसपछि आफैंले सुरेन्द्र पौडेल एण्ड कम्पनी खोलेर काम थालेका थिए । उनी चार्टर्ड एकाउन्टेन्ट समेत हुन् । निगम प्रमुख हुने भएपछि सोमबार मात्रै उनले उदयपुर सिमेन्टको महाप्रबन्धक पदबाट राजीनामा दिएका थिए । 

निगमको तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्का भ्रष्टाचार आरोपमा मुछिएपछि सुशील भट्टराईले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए । 

उदयपुर सिमेन्टमा पौडेल पुग्दा…

घाटामा रहेर कर्मचारीले तलब समेत खान नपाएको अवस्थामा रहेको उदयपुर सिमेन्टमा नियुक्ती लिएर पौडेल सिमेन्ट उद्योगमा पुगे । उदयपुर सिमेन्ट २०४९ सालमा साढे ६ अर्ब रुपैयाँ खर्चिएर स्थापना गरिएको थियो । यत्रो ठूलो लगानीमा निर्माण भएको सिमेन्ट उद्योगले क्षमता अनुसार उत्पादन भने गर्न सकेको थिएन । उनले आफ्नो दक्षता प्रयोग गरेर क्षमता अनुसार उद्योग चलाउन सुरु गरे । उनकै योजनामा उत्पादित सिमेन्ट बजारमा पुग्न थाल्यो । उनि उद्योगमा पुग्दा सिमेन्ट भर्ने बोरा समेत थिएनन् । तीन दिनलार्इ मात्र पुग्ने कोइला थियो । जम्मा १० दिनलार्इ पुग्ने चुनढुंगा थिए । त्यसमा पनि उद्योग २० करोड रुपैयाँको ऋणमा थियो । त्यसमा पनि कर्मचारीले पाँच महिनादेखि तलब पाएका थिएनन् । पुराना मेसिन फेरे । उद्योगबाट उत्पादन सुरु हुन थाले । पौडेलले नियुक्ति लिएको दोस्रो महिनादेखिनै कर्मचारीले तलब पाउन थाले । 

भूकम्प पछी बजारमा उदयपुर सिमेन्टको बजार बढ्यो । भूकम्प र नाकाबन्दीले अर्थतन्त्रको ग्राफ ओरालो लागिरहेका बेला उदयपुरको आर्थिक स्थितीको ग्राफ भने सँधै उकालो लागिरह्यो । पौडेलले महाप्रवन्धक सम्हालेको तेस्रो वर्ष अर्थात आर्थिक बर्ष २०७४/०७५ मा २ अर्ब १४ करोड रुपैयाँ मूल्य बराबरको सिमेन्ट बिक्री गर्न सफल भयो । जुन उदयपुर सिमेन्टको इतिहासकै दोस्रो राम्रो उत्पादन हो । यस अघि २०५१ सालमा जापानी व्यवस्थापनले सिमेन्ट उद्योग हेर्दा सबैभन्दा राम्रो भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने