पढ्न करिब 1 मिनेट लाग्छ

माघ ७, काठमाडौं | चर्चित सञ्चारकर्मी तथा पत्रकार रवि लामिछानेले तेश्रो बिवाह गरेका छन् | लामिछानेले चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष निकिता पौडेलसंग कानुनी विवाह गरेका हुन्।

केही समयदेखि प्रेममा रहेका चर्चा चलिरहेकै बेला रवि र निकिताले सोमबार दिउँसो काठमाडौं जिल्ला अदालतमा कानुनी रुपमा विवाह गरेका हुन्।

विवाहपछि पत्रकार लामिछानेले सामाजिक सञ्जालमार्फत एक फोटो सेयर गर्दै विवाहबारे जानकारी दिएका छन्।

रविले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो विवाहबारे जानकारी दिएका हुन् । पूर्वपत्नी ईशा लामिछानेसँग गत महिना २५ वर्ष लामो वैवाहिक सम्बन्ध तोडेका रविले एक अर्काको परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा विवाह गरेको बताएका छन्।

त्यस्तै, निकिता पनि ७ वर्ष पहिले नै पतिसँग डिभोर्स गरेर बसेकी थिइन् । उनीहरुको सम्बन्धलाई लिएर केही समयअघि ईशाले विभिन्न मिडियामा बयान दिएकी थिइन्। तर, दुवैले आफूहरुबीचके प्रेम सम्बन्ध नरहेको र साथी मात्रै भएको प्रतिक्रिया दिँदै आएका थिए।

रविले फेसबुकमा दुईको तस्बिर अपलोड गर्दै विवाह बन्धनमा बाँधिएको बताएपछि सबै आश्चर्यमा परेका छन्।