२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा राँगोको आक्रमणबाट एक बृद्धको मृत्यु

२०७५, ११ फाल्गुन शनिबार ०४:३३

फागुन ११, काठमाडौं । चन्द्रागिरि नगरपालिकाको मच्छेगाउँ ९ मा राँगोको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ । आक्रमण गर्ने करवि ३ घण्डा पछि राँगो दहचोक पुगेपछि राँगोलाई प्रहरीले लखेटेर गोली हानेर मारेको छ ।

राँगोको आक्रमणबाट शनिबार बिहान स्थानीय ७० वर्षीय मानबीर महर्जनको मृत्यु भएको डिएसपी कुमार विक्रम थापाले जानकारी दिए ।

मर्निङवाकमा निस्किएका महर्जनलाई राँगोले आक्रमण गरेको थियो । गम्भीर घाइते महर्जनलाई उपचार गर्न कीर्तिपुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

राँगो कीर्तिपुरतिरबाट मान्छे मारदै दहचोक पुगेको र रााँगो कसको हो भन्ने खुलेको नखुलेको माहानगरी प्रहरी प्रभाग वलम्वुका प्रहरी निरिक्षक शकंर खड्काले वताए ।

राँगोले मान्छे मारेपछि महानगरीय प्रहरी वृत्त थानकोट र महानगरी प्रहरी प्रभाग वलम्वुको टोली र स्थानीयबासीले राँगोलाई समात्ने प्रयास गरेका थिए । मच्छेगाउँबाट खेद्दै दहचोक पुगेपछि प्रहरीले राँगोमाथि गोली चलाएको थियो ।

थप क्षति हुनबाट जोगाउन गोली चलाएको प्रहरील वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक थापाले वताए । राँगोको आक्रमण वाट केही घाईते समेत भएको वुभिएको छ । राँगोलाई नियन्त्रणमा लिर्दा महानगरी प्रहरी प्रभाग वलम्वुका प्रहरी हवल्दार लालवहादुर राना सामान्य घाईते भएका हुन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो