पढ्न करिब 1 मिनेट लाग्छ

फागुन १८, नाइजेरिया | आपराधिक समूहको आक्रमणमा परी नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।

स्थानीय प्रत्यक्षदर्शीले शुक्रबार एएफपीलाई दिएको जानकारीअनुसार मारिनेमा “भिजलान्ते”हरु रहेका छन् ।

मोटरसाईकलमा आएका बन्दुकधारीहरुले बिहीबार बेलुकी जाम्फारा राज्यको शिङकाफी जिल्लाको कवार गाँउमा गोली प्रहार गरेका थिए ।

“आपराधिक समूहको आक्रमणमा परी मृत्यु भएका ३२ जनाको शव हामीले नियन्त्रणमा लिएका छौँ,” स्थानीय सुकाइमान शुअैबुले भन्नुभयो ।

नाइजेरियाकै अर्को एउटा क्षेत्रमा २७ जनाको हत्या भएको केहीदिनपछि अर्को आक्रमणको घटना भएको हो ।

ठूलो संख्यामा आएका उनीहरुले स्थानीय समयानुसार ३.३० मा आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् ।

“घटनामा परी ३२ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अरु कैयौ घाइते भएका छन्,” एक अधिकारीले भने ।

जाम्फारा राज्यका प्रहरी प्रवक्ता मोहम्मद शेहुले घटनाको पुष्टि गर्दै थप विवरण दिन भने अस्विकार गर्नुभयो ।