Skip to content
Friday, July 17, 2026 Nepali Online Media

माइतिघर मण्डलामा अस्थायी शिक्षकको विरोध प्रदर्शन, प्रहरीद्वारा अश्रुग्यास प्रहार

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २०, काठमाडौँ । राहत अस्थायी शिक्षकहरुले काठमाडौँको माइतिघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनको क्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न लागेका राहत र बालविकास शिक्षकलाई प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेको छ ।

सरकारले आफूहरुको रोजगारी खोसेको भन्दै उनिहरुले लामो समयदेखि विरोधका कार्यक्रम गर्दै आइरहेको छन् ।

सरकारले केहि समय अगाडि सामुदायिक विद्यालयमा अनुदान कोटामा कार्यरत राहत शिक्षकको सङ्ख्या यकिन गर्न जिल्ला शिक्षा कार्यालयसँग विवरण माग गरेको थियो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्रोत व्यक्तिहरुलाई साविकको दरवन्दीमा काज फिर्ता गर्ने र उनीहरुको सट्टामा नियुक्त शिक्षकहरुलाई माघ महिनासम्मको मात्र तलब भत्ता दिएर सेवाबाट हटाउने निर्णय गरेको थियो ।