Skip to content
Friday, July 17, 2026 Nepali Online Media

पारासुट नखुलेपछि सेनाका हवल्दार सीधै भुइँमा बजारिए

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २०, काठमाडौँ | सेना दिवसका क्रममा राजधानीको टुँडीखेलमा आयोजित विशेष कार्यक्रमका क्रममा एकजना सेनाका हवल्दार पारासुट नखुल्दा सीधै भुइँमा खसेका छन् ।

फ्री फल जम्पमा सहभागी सेनाका हवल्दार पूर्णबहादुर भण्डारी पारासुट नखुल्दा दुर्घटनामा परेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारी र सरकारका उच्च पदस्थ अधिकारी उपस्थित कार्यक्रममा टुँडीखेलमा झर्ने क्रममा पारासुट नखुलेपछि उनी दुर्घटनामा परेका थिए ।

फ्री फल जम्पका क्रममा पारासुट नखुलेपछि उनी सीधै भुइँमा झरेर घाइते भएका थिए । उनको दायाँ खुट्टामा गम्भीर चोट लागेको छ । उनलाई वीरेन्द्र अस्पताल छाउनीमा उपचारका लागि लागिएको थियो ।

तश्वीरमा: महाशिवरात्री तथा सेना दिवस २०७५ को अवसरमा नेपाली सेनाद्वारा सोमबार टुडिखेलमा आयोजित कार्यक्रममा प्यारासुटबाट हामफाल्दै नेपाली सेना । तस्वीर: रत्न श्रेष्ठ, रासस ।

समारोहमा नेपाली सेनाको हेलिकोप्टरले पुष्पवृष्टि गर्दै 'सेना दिवस-२०७५' लेखिएको ब्यानर पनि प्रदर्शन गरेको थियो । सेना दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भइन् । उक्त अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जली अर्पण गर्नाका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गरिन् । राष्ट्रपति नेपाली सेनाका परमाधिपति हुन् ।