Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

अमेरिकाले गर्यो भारत विरूद्द यस्तो निर्णय, मोदीलाई चुनौति थपियो !

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २२, काठमाडौं । अमेरिकी सरकारले आफ्नो ‘प्रिफेन्सियल ट्रेड पोलिसी’को ‘जनरल सिस्टम अफ प्रिफरेन्सेज’बाट भारतलाई बाहिर निकालेको छ ।

अमेरिकाले मंगलबार आफ्नो ‘जीएसपी स्किम’ मा हेरफेर गर्दै भारतलाई  निकाल्ने निर्णय गरेको हो । अमेरिकाको यो नीतिले भारतको अर्थतन्त्रलाई नकारात्मक असर पर्न सक्ने बताइएको छ ।

लोकसभाको चुनाव अगाडि अमेरिकाले गरेको यो निर्णयले नरेन्द्र मोदीको सरकारलाई चुनौति थपिएको छ । अहिलेसम्म यो नीतिका कारण भारतबाट अमेरिका जाने एक हजार ९ सय ३० उत्पादनले अमेरिकामा आयात शुल्क तिर्नबाट बच्दथे ।

यो परिवर्तनपछि अमेरिकामा भारतको हस्तकलाका सामग्री, रसायन र कृषिमाआधारित उत्पादनले अब आयात शुल्क तिर्नुपर्नेछ । यसको यसको असरले हजारौँको रोजगारीमा संकट निम्त्याउन सक्ने बीबीसीले उल्लेख गरेको छ ।

सन् १९३० मा अमेरिकी सरकारले विकासशील देशको अर्थव्यवस्थालाई बलियो बनाउने उद्देश्यसहित यो नीति अपनाएको थियो । यो नीति अनुसार विकासशील देश आफ्ना केही उत्पादनलाई आयात शुल्क बिना अमेरिकालाई निर्यात गर्न सक्दथ्यो । एजेन्सी