२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

९३ स्थानीय तहकाे नाम र केन्द्र परिवर्तन

२०७५, २५ फाल्गुन शनिबार ०३:०१

फागुन २५, काठमाडौं – देशभरका ७५३ स्थानीय तहमध्ये ९३ ले नाम तथा केन्द्र परिवर्तन गरेका छन् । १७ तहले केन्द्र नचलाई नाम मात्रै फेरेका छन्, ५५ तहले नाम यथावत् राखी केन्द्र मात्रै सारेका छन् । २१ तहले भने नाम र केन्द्र दुवै परिवर्तन गरेका छन् । २२ पुस ०७३ मा स्थानीय तह पुनर्संरचना आयोगले देशभर ७ सय १९ तह हुने गरी सरकारलाई प्रतिवेदन बुझाएको थियो । तर, सरकारले पटकपटक थपेर स्थानीय तहको संख्या ७ सय ५३ बनाएको थियो । ८७ गाउँपालिका, १ महानगर, एक उपमहानगर र चार नगरपालिकाले परिवर्तनको निर्णय गरेका हुन् ।

केन्द्र फेर्नेमा गाउँपालिका धेरै 

केन्द्र(सदरमुकाम) फेर्नेमा भौगोलिक रूपमा विकट मानिएका र विकासका हिसाबले पछाडि रहेका स्थानीय तह बढी छन् । केन्द्र सार्ने ५५ स्थानीय तहमध्ये ५४ वटा गाउँपालिका छन् । नगरपालिकामा डोल्पाको ठूलीभेरीले मात्रै केन्द्र परिवर्तन गरेको छ । भौगोलिक सन्तुलन मिलाउन र स्थानीयलाई पायक पार्न दुनैमा रहेको केन्द्रलाई जुफाल सारिएको छ । 

महानगर र उपमहानगरले पनि फेरे नाम

महानगर र उपमहानगरपालिकाले पनि नाम फेरेका छन् । साबिकको पोखरा–लेखनाथ महानगरपालिकाले नाम परिवर्तन गरेर पोखरा महानगरपालिका बनाएको छ । त्यस्तै, जनकपुर उपमहानगरपालिकाले आफ्नो नाम जनकपुरधाम बनाएको छ । सुनसरीको बराह नगरपालिकाले बराहक्षेत्र नाम कायम गर्दा खोटाङको रूपाकोट मझुवागढी नगरपालिकाले नाम परिवर्तन गरी दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिका बनाएको छ । नाम परिवर्तन गर्ने १७ स्थानीय तहमध्ये १३ वटा भने गाउँपालिका छन् । याे समाचार तीर्थराज बस्नेतले नयाँ पत्रिकामा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो