पढ्न करिब 1 मिनेट लाग्छ

फागुन २७, काठमाडौं | इथियोपिया बोइंग ७३७ म्याक्स ८ विमान दुर्घटना भएपछि चीनले बोइंग ७३७ म्याक्स ८ को व्यवसायिक उडान बन्द गर्ने घोषणा गरेको छ ।

चीनको उड्डयन सम्बन्धी निकायले विमानसँग सम्बन्धित सबै कुरा पुष्टि भएपछि मात्र फेरि व्यवसायिक उडान सुरु गर्ने बताएको छ ।

आइतबार इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको लागि उडेको विमानमा परी एक नेपाली, आठ चालक दलका सदस्यसहित ३० भन्दा बढी देशका १५७ जनाको भएको थियो ।

इथियोपिया एयरलाइन्सको यो दोस्रो दुर्घटना हो । यो विमान उडान भरेको केही मिनेट पछि नै दुर्घटनाग्रस्त भएको थियो । गएको अक्टोबर महिनामा बोइंग ७३७ म्याक्स ८ को विमान जावा समुद्रमा दुर्घटनाग्रस्त भएको थियो । जसमा सवार १८९ जनाको ज्यान गएको थियो । एजेन्सी