२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक सहायताबारे सकारात्मक छलफलः अर्थमन्त्री खतिवडा

२०७५, २७ फाल्गुन सोमबार १५:२१

फागुन २७, काठमाडौँ | अर्थमन्त्री डा युवराज खतिवडाले वित्तीय संस्थाको स्तरोन्नति गर्न वैदेशिक सहायताबारे सकारात्मक छलफल भइरहेको बताउनुभएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको १८औँ वार्षिककोत्सवमा मन्त्री डा खतिवडाले थप सहायताका बारेमा छलफल भइरहेकाले कार्यक्षत्र बढाउन आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, “कार्यक्रम जिल्लाका सबै स्थानीय तहसम्म पुर्याउनुपर्छ ।” उत्पादन भएका साधनलाई सामुहिक रुपमा प्रयोग गरेमात्र देश समृद्ध हुने उहाँको भनाइ थियो । गरीब जनतामाझ कार्यक्रम पुर्याउने लक्ष्यका साथ काम गर्न मन्त्री डा खतिवडाले विभिन्न संस्थासँग आग्रह गर्नुभयो । 

कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष केशव वडालले सहकारी क्षेत्रलाई अझै ब्यापक बनाउनका लागि सहकारी ऐन २०७४ लाई परिमार्जन आवश्यक भएको बताउनुभयो । कृषि क्षेत्रको विकास नभएसम्म सहकारीको विकास र विस्तार गर्न समस्या हुने वडाल बताउनुहुन्छ । संस्थाका अध्यक्ष खेमबहादुर पाठकले मासुजन्य वस्तुको बिक्री वितरण गर्न सरकारले उपयुक्त बजारको व्यवस्थापन गर्न जरुरी रहेको बताउनुभयो । 

अध्यक्ष पाठकले चालू आर्थिक वर्ष २०७५÷७६ को अर्धवार्षिक अवधिमा संस्थाले रु २३ करोड ९१ लाख खुद मुनाफा भएको र गत पुससम्म संस्थाको सम्पत्ति रु २० अर्ब पुगेको जानकारी दिनुभयो । संस्थाले ६९ जिल्लामा आबद्ध रहेर कार्य गरिरहेको छ । नेपालका लागि इजरायली राजदूत बेनी ओमेरले पछिल्लो समय नेपालले कृषिमा व्यावसायिक फड्को मारेको भन्दै त्यसमा आफू अत्यन्तै खुसी रहेको र आगामी दिनमा सहकार्यका साथ अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा साना किसान विकास अभियानमा समर्पित जलनकुमार शर्मासहित संस्थाका पदाधिकारीलाई सम्मान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो