पढ्न करिब 1 मिनेट लाग्छ

फागुन २८, काठमाडौं । भारतले पाकिस्तान जाने तीन नदीको पानी बन्द गरेको छ । केन्द्रीय जल संशाधन राज्यमन्त्री अर्जुन मेघवालले भारत हुँदै पाकिस्तान जाने ब्यास, रावी र सतलज नदीको बहाव बन्द गरिएको बताएका हुन् ।

कश्मीरको पुलवा आक्रमण प्रकरणपछि भारतको केन्द्रीय जल संशाधन मन्त्री नितिन गडकरीले पाकिस्तान जाने नदीको पानी बन्द गर्न प्रधानमन्त्री कार्यालयमा सिफारिस गर्ने बताएका थिए । अहिले राज्यमन्त्री अर्जुन मेघवालले पानी बन्द गरिसकिएको बताएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

राज्यमन्त्री मेघवालले तीन वटै नदीलाई थुनेर पानी जम्मा गर्ने काम भइरहेको बताएका छन् । उनका अनुसार राजस्थान र पन्जाबलाई आवश्यक परेमा यो पानी प्रयोग गर्न अनुमति दिइने छ ।

भारत र पाकिस्तानबीच १९९० मा सिन्धु जल सम्झौता भएको थियो । भारतबाट पाकिस्तानतर्फ बगेर जाने ब्यास, रावी र सतलज नदीसँग सम्बन्धित यो सम्झौता अनुसार पाकिस्तानमा ८० करोड एकड फिट पानीको आपूर्ति हुन्छ । जबकी भारतले ३.३ करोड एकड फिट पानी पाउँछ ।

पुलवा आक्रमणमा भारतीय ४० सैनिक मारिएपछि भारत र पाकिस्तानबीच तनाव बढ्दो छ ।