२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूएस बंगलाको विमान दुर्घटनाको १ वर्ष पूरा, जाँचबुझ समितिको निष्कर्ष यस्तो छ

२०७५, २८ फाल्गुन मंगलवार ०८:२०

फागुन २८, काठमाडौं | ५१ जनाको ज्यान जानेगरी भएको यूएस बंगला एयरको विमान दुर्घटनाको आज एकवर्ष पूरा भएको छ । २०७४ फागुन २८ गते सोमवार दिउँसोको १ बजेर ५७ मिनेटको समयमा विमान दुर्घटनामा परेको थियो । डीएच ८ डी (फ्लाइट नम्बर बीएस २११) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाइमार्गमा दुर्घटनमा परेको थियो । 

६७ यात्रु र चालकदलका ४ सदस्यसहित ७१ जना बोकेर ढाकाबाट काठमाडौं उडेको यूएस बंगलाको विमान दुर्घटनामा ५१ जनाको मृत्यु भएको थियो । दुर्घटनामा २२ जना नेपाली २८ जना बंगलादेशी र १ चिनियाँ नागरिकको मृत्यु भएको थियो । २० जना घाइते भएका थिए ।  

नेपालको हवाइ इतिहासमा त्यो ८५ औं दुर्घटना थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र भएको पहिलो ठूलो दुर्घटना पनि थियो । दुर्घटनाको जाँचबुझ गर्न सरकारले पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले गएको भदौ २० गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व. रवीन्द्र अधिकारीलाई प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनमा यूएस बंगला एयरलाइन्स दुर्घटना मुख्य कारण पाइलटको कमजोरी देखाइएको छ । पाइलटले सामान्य संयमता अपनाउन नसक्दा उक्त दुर्घटना हुन पुगेको समितिले ठहर गरेको छ । पाइलटले अवतरणका क्रममा रनवेको एलाइन छाडेको र तत्कालीन अवस्थामा सावधानी नपअपनाउँदा दुर्घटना भएको प्रतिवेदनमा औंल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो