Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सिंहदरबार परिसरबाट कृष्ण पहाडीसहित १६ मानवअधिकारकर्मी पक्राउ

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २९, काठमाडौं | सिंहदरबार परिसरबाट १६ जना मानवअधिकारकर्मी पक्राउ परेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबार अगाडि आयोजना गरिएको विरोध प्रदर्शनबाट मानवअधिकारकर्मी कृष्ण पहाडीसहित १६ जनालाई पक्राउ गरेको हो ।

२०७५ फागुन २४ गते नेपाल सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमतिको विरोधमा बुधबार मानव अधिकार तथा शान्ति समाजले विरोध प्रदर्शन आयोजना गरेको थियो  ।

विरोध प्रदर्शनबाट प्रहरीले पहाडीसहित समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार डा. गंगाधर अधिकारी, सचिव बलबहादुर गाहामगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्यहरु नम्रता खरेल, गीता तिमल्सिना, अधिकारकर्मीहरु ईश्वर पुडासैनी, विपी पौडेल, बाबुराम न्यौपाने, विनित अर्याल, नानीकाजी गिरी, भगवान पुडासैनी, अर्जुन लामिछाने, भक्त लिम्बु, नामबहादुर पुनसहित १६ जनालाई गिरफ्तार गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको छ ।

विरोध प्रदर्शनकारीहरुले ११ बुँदे सहमतिको विरोध गरौं, सार्वभौमसत्तामाथि खेलवाड बन्द गर लगायतका प्लेकार्ड बोकेका थिए ।