२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोजगार संयोजकमा २६८ जनाको लागि पुन: विज्ञापन खुल्यो, चैत्र ९ गतेसम्म आवेदन दिनुपर्ने

२०७५, २९ फाल्गुन बुधबार १२:२७

फागुन २८, काठमाडौं। सरकारले रोजगार संयोजकको दरबन्दीमा करार सेवामा पदपूर्तिका लागि पुनः विज्ञापन खुलाएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार संयोजकको लागि २६८ जना माग गरेको हो।  

नेपाल सरकारले मुलुकको ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरी सञ्चालनका लागि खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि गत माघ ४ गते पहिलो चरणमा सूचना प्रकाशित गरेको थियो । पहिलो पटक ७५३ जना माग गरिएकोमा २३ हजार ९ सय ६८ जनाको आवेदन परेको थियो । तरपनि आवश्यक संख्यामा कम्प्युटर परीक्षा पास हुन नसकेपछि पुन: विज्ञापन खोलिएको हो ।  

प्रदेश नं. १ को लागि शाखा अधिकृत ६६ जना, नायब सुव्वा ५ जना, प्रदेश नं. २ को लागि शाखा अधिकृत ४५ जना, प्रदेश नं. ३ को लागि शाखा अधिकृत ३१ जना र नासु १ जना, गण्डकी प्रदेशको लागि  शाखा अधिकृत १४ जना र नायब सुव्वा १ जनाको माग गरिएको छ।  त्यस्तैगरी कर्णाली प्रदेशको लागि शाखा अधिकृत ४३ र नासु ११ जना, सुदूरपश्चिम प्रदेशको लागि शाखा अधिकृत ५० जना र  नासु  १ जनाको माग गरिएको छ । 

योग्यता पुगेका ईच्छुक उम्मेदवारहरुले यो सूचना प्रकाशन भएको मितिले १० दिनभित्र अर्थात् चैत्र ९ गते बेलुकी ५ बजेसम्म  प्रधानमन्त्री रोजगार कार्यक्रमको वेवसाईट मार्फत अनलाईन दरखास्त पेश गर्न सक्नेछन् । अन्तिम योग्यताक्रमको सूची प्रकाशन हुने मितिसम्म रिक्त हुन आउने रोजगार संयोजकका पदहरु समेत यसै सूचनामा समावेश भएको मानी पदपूर्ति गरिने श्रम मन्त्रालयले जनाएको छ ।

न्यूनतम योग्यताः 

(क) राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत सरह) को रोजगार संयोजकका लागि नेपाल सरकारबाट मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह वा सो सरह र राजपत्र अनंकित प्रथम श्रेणी, (नायब सुब्बा सरह) को रोजगार संयोजकका लागि कम्तीमा प्रवीणता प्रमाण पत्र तह वा सो सरह उत्तीर्ण गरेको,

(ख) दरखास्त दिने अन्तिम मितिमा २१ वर्ष पुरा भई ४५ वर्ष ननाघेको,

(ग) भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी कुनै कारवाही नभएको,

(घ) कम्प्युटर सम्बन्धी देहाय बमोजिमको ज्ञान र सीप भएको,

१. देवनागरी र अंग्रेजीमा दक्षतापूर्वक टाइपिङ्ग गर्न सक्ने ।

२. Computer, Printer, Scanner, Multimedia लगायत उपकरणहरुको प्रयोग गर्न सक्ने सीप भएको ।

३. MS-Office Package (Word, Excel, Access, Power point आदि) को प्रयोग गर्न सक्ने क्षमता भएको ।

४. इमेल इन्टरनेट सम्बन्धी आधारभूत ज्ञान भएको ।

५. व्यवस्थापन सूचना प्रणाली (MIS) सम्बन्धी आधारभूत ज्ञान भएको ।

अनलाईन दरखास्त साथ अपलोड गर्नु पर्ने कागजातहरुः  

(१) नागरिकता प्रमाणपत्र (दुबैपट्टि देखिने), 

(२) पासपोर्ट साइजको फोटो (हालसालै खिचेको)

(३) न्यूनतम शैक्षिक योग्यताको लब्धांकपत्र

(४) न्यूनतम शैक्षिक योग्यताभन्दा एक तह माथिल्लो शैक्षिक योग्यताको लब्धांकपत्र (उपलव्ध भएमा) र 

(५) कम्तीमा दुई वर्ष काम गरेको अनुभवको प्रमाणपत्र (उपलव्ध भएमा) । 

सेवा र सुविधा

रोजगार संयोजकको छनौट प्रकृया, तलव भत्ता तथा अन्य सेवा र सुविधा सम्बन्धी व्यवस्था नेपाल सरकार (मन्त्रिपरिषद) बाट स्वीकृत रोजगार संयोजकको पदपूर्ति सम्बन्धी मापदण्ड, २०७५ बमोजिम हुनेछ ।  यो मापदण्ड www.pmep.gov.np बाट डाउनलोड गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो