पढ्न करिब 1 मिनेट लाग्छ

चैत ५, काठमाडौं । निजी क्षेत्रको विमान सेवा प्रदायक बुद्द एयरले आफ्नो १२ औं जहाज एटिआर ७२–५०० भित्र्याएको छ ।

फ्रान्सको टुलुजस्थित एटीआर कम्पनीद्वारा निर्मित जहाज भित्र्याएको हो । जहाज लिन बुध्द एयरबाट गत साता प्राविधिक टोली फ्रान्स गएको थियो ।

नाइन एन एएमवाई कलसाइन रहेको जहाज हिजो बेलुकी ८:३० बजे त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरेको थियो । कम्पनीसँग थपिएको जहाजसहित ७ वटा एटिआर ७२–५०० तीनवटा एटिआर ४२–३२० र दुईवटा बीचक्राफ्ट १९०० डी रहेको छ ।

नयाँ जहाजको रंगरोगन तथा प्राविधिक कार्यपश्चात अर्को महिनाबाट उडान भर्ने बुध्द एयरले जनाएको छ ।

बुध्द एयर आगामी आगामी जेठ १३ बाट एटिआर ७२–५०० बाट भारतको कोलकोता पनि उडान भर्नेछ । भारतीय तथा नेपाली यात्रुको लागि हवाईटिकटसहित विभिन्न धार्मिक तथा पर्यटकीय प्याकेजको पनि व्यवस्था गरेको छ ।