Skip to content
Friday, July 17, 2026 Nepali Online Media

शेयर बजार: सात अङ्कले घट्यो

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चैत ७, काठमाडौँ | पछिल्ला दिनमा ओरालो लाग्दै आएको शेयर बजार आज पनि करीब सात अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६.८६ विन्दुले घटेर एक हजार १४०.६० विन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५२ विन्दुले घटेर २४२.४७ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १७१ कम्पनीको नौ लाख ४७ हजार ७२६ कित्ता शेयर रु २७ करोड २४ लाख ९४ हजार ५६५ मूल्यमा खरीद बिक्री भएका छन् ।

कारोवार भएका ११ उपसमूहमध्ये आज चार उपसमूहको शेयर बढेको छ भने सात उपसमूहको शेयर घटेको छ । होटल १.०३, विकास बैंक २.७६, उत्पादन १.१६ र अन्य उपसमूह ०.७७ विन्दुले बढेको छ । यस्तै बैंकिङ ७.१९, व्यापार २.७९, जलविद्युत् ५.१८, वित्त १.३७, निर्जीवन बीमा ६९.१८, लघुवित्त १०.४६ र जीवन बीमा ६१.७६ विन्दुले घटेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु दुई करोड चार लाख ४२ हजार ९७० मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहेको छ । यस्तै ग्लोबल आइएमई बैंकको संस्थापक शेयर रु एक करोड ८२ लाख ९० हजार ८८०, सिटिजन बैंकको रु ९६ लाख ८७ हजार ६०३, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडको रु ९३ लाख ६५ हजार ४३१, एनआइसी एशिया बैंकको रु ८८ लाख सात हजार ८७ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहेका छन् ।

स्टकका अनुसार आशा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९१ प्रतिशतले कमाउँदा भार्गव विकास बैंक ३.६५, साङ्ग्रिला डेभलपमेन्ट बैंक ३.५५, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले २.७८ प्रतिशतले कमाएका छन् ।

यसैगरी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.७४, उन्नति लघुवित्त वित्तीय संस्था ५.४३, किसान लघुवित्त वित्तीय संस्था ५.२०, नागबेली लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४.६८ प्रतिशतले गुमाएका छन् ।