पढ्न करिब 1 मिनेट लाग्छ

चैत ८, काठमाण्डौ । शुक्रबार सुनको भाउ प्रतितोलामा २ सयले घटेको छ । छापावाला सुन शुक्रबार प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार तोलामा पाँच सय रुपैयाँ बढेर तोलाको ६० हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार २ सय रुपैयाँ घटेको हो ।

त्यस्तै तेजावी सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँ कायम छ ।

चाँदी भने बिहीबारकै मुल्य ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।