६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नारायणघाट–बुटवल सडक चार लेनमा स्तरोन्नति गरिँदै

८ चैत्र २०७५, शुक्रबार ०९:००

चैत ८, काठमाडौँ | नारायणघाट–बुटवल ११४ किमी सडक चार लेनमा स्तरोन्नतिको आज शुभारम्भ हुने भएको छ । 

एशियाली विकास बैंकको ऋण सहयोगमा सडक स्तरोन्नति हुन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै बुटवलमा सडक स्तरोन्नतिका लागि शिलान्यास गर्नुहुनेछ । सडक स्तरोन्नतिका लागि गत पुसमा ठेक्का सम्झौता भएको थियो । दुई खण्डमा सडक स्तरोन्नति गर्न लागिएको आयोजना निर्देशनालय (एडिबी) का उपआयोजना निर्देशक सुरेश पौडेलले राससलाई जानकारी दिनुभयो । 

पहिलो खण्ड गैँडाकोट–दाउन्ने ६५ किमी र दोस्रो खण्ड दाउन्ने–बुटवल ४८ किमी छ । दुवैको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सनले पाएको आयोजनाले जनाएको छ । कूल लागत रु १५ अर्बमा साढे तीन वर्षमा यो सडक चार लेनमा स्तरोन्नति गरिसक्ने ठेक्का सम्झौतामा उल्लेख छ । 

निर्माण सम्पन्न भएको चार वर्षसम्म निर्माण व्यवसायीले नै मर्मतसम्भार गर्नुपर्ने उपआयोजना निर्देशक पौडेलले बताउनुभयो । हाल निर्माण व्यवसायीले डिजाइनको काम गरिरहेको छ । दुई महीनामा भौतिकरुपमै सडक स्तरोन्नतिको काम शुरु हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या