२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतबाट आउने ७० मेगावाट बिजुली अवरुद्ध, यस्तो छ कारण

२०७५, १९ चैत्र मंगलवार १०:४४

चैत १८, काठमाडौं । आइतबार राति बारा र पर्सामा आएको हावाहुरीका कारण भारतबाट आउने ७० मेगावाट बिजुली अवरुद्ध भएको छ । प्रसारणलाइनमा नै क्षति पुगेपछि ७० मेगावाट विजुलीको आयात रोकिएको हो ।

३३ केभीका वीरगञ्ज-रक्सौल प्रसारण लाइन र १३२ केभी क्षमताको रक्सौल-पुरवानीपुर प्रसारणलाइनमा क्षति पुगेर ७० मेगावाट विजुली आयात अवरुद्ध भएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए ।

प्राधिकरणले भारतबाट हुने विजुली आपूर्ति रोकिएपनि आन्तरिक रुपमा कुलेखानी लगायतका आयोजनाबाट उत्पादन बढाएर माग पूर्ति गरिरहेको छ । हावाहुरीका कारण अवरुद्ध लाइनहरु मर्मत गर्दै प्राधिकरणले वीरगञ्ज, कैलया र सिमाराको बजार क्षेत्रमा विजुली आपूर्ति सुचारु गरिसकेको छ ।

ग्रामीण भेगमा पनि मर्मतको काम गर्दै विजुली आपूर्ति सुचारु गर्न काम सुरु भएको छ । प्राधिकरणले हाल बारा पर्सामा रौतहटको सबस्टेशनबाट आपूर्तिको व्यवस्था मिलाएको छ ।

कलैयास्थित प्राधिकरणको सवस्टेसनबाट आइतबार बेलुका नै चन्द्रनिगाहपुर सव-स्टेसनबाट चार्ज गरी बजार क्षेत्रमा भने विद्युत आपूर्ति सुचारु गराइएको थियो ।

हुरीबसातका कारण विद्युतीय पोल र प्रसारणलाइनमा क्षति पुग्दा झण्डै १५ करोडको नोक्सानी भएको छ । हावाहुरीका कारण ठाउा ठाउामा पोल ढलेको र प्रसारणलाइन समेत क्षतिग्रस्त भएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन